मंगलवार, जेष्ठ ५,२०८३ 09:25:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 09:25:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’ कार्तिक २४ गते राति ८ बजेदेखि प्रारम्भ हुने

Laxmi Sunrise Bank Limited
दराज ११.११ ‘द बिगेस्ट सेल अफ दि ईयर’ कार्तिक २४ गते राति ८ बजेदेखि प्रारम्भ हुने
Shivam Cement

काठमाण्डौ । ई–कमर्स प्लेटफर्म दराज नेपालले वर्षकै सर्वाधिक ठूलो सेलका रुपमा परिचित दराज ११.११,‘दबिगेस्ट सेल अफदि ईयर’को आयोजना गर्ने घोषणा गरेको छ । ‘ँफर दिशोस्टपर ईन य’थीममा आधारित हुने यो अभियान कार्तिक २४ गते (नोभेम्बर १०)को राति ८ बजेदेखि सुरु भएर मङ्सिर ५ गते (नोभेम्बर २१) सम्म चल्नेछ ।  

करिब दुई सातासम्म चल्ने यो मेगा–सेलमा ग्राहकहरूले सबै श्रेणीका उत्पादनहरुमा अभूतपूर्व छुटका साथै रोमाञ्चक अनुभव प्राप्त गर्न सक्नेछन् ।  

यस वर्षको ११.११ सेलमा हालसम्मकै सबैभन्दा ठूला अफरको श्रृंखलानै प्रस्तुत गरिने जानकारी दिइएको छ । अफरहरुमा ८५ प्रतिशतसम्म अफको फ्ल्याश सेल, ७५ प्रतिशतसम्म अफको मेगा डिल, ७० प्रतिशतसम्म अफको हट डिल, र रोमाञ्चक फास्टेस्ट फिंगर फ्ल्याश सेल लगायत समाविस्ट हुनेछन् । ग्राहकहरूले मेगा सेल अवधिभर अत्यधिक लोकप्रिय ११ ÷ १११ ÷ १ हजार १११ ÷ ११,१११ रुपैयाँ डिलहरु पनि पाउन सक्नेछन् ।  

Bizshala
New Office
CG Motors

साथै,असंख्य उत्पादनहरुमा ब्राण्ड स्पटलाईट डिस्काउन्ट्स र निःशुल्क डेलिभरी सुविधाको लाभपनि लिन सक्नेछन् । डेलिभरी डिस्काउन्ट सुविधा रु.३९९ माथिका अर्डरमा तथा रु.६९९ माथिका अर्डरहरुमा निःशुल्क डेलिभरी सुविधा पनि उपलब्ध हुनेछ ।  

मेगा सेलमा रोमाञ्चकता थप्नका लागि १ रुपैयाँ डिल अझ बृहत्त रुपमा सञ्चालन गरिने दराज नेपालले जानकारी दिएको छ । यो डिलमा सहभागीहुनकालागिग्राहकहरूले १ रुपैयाँमूल्यांकन गरिएका निःशुल्क उपलब्ध हुने (१०० प्रतिशत छुटसहित) विशेष उत्पादनहरू अर्डर गर्नु पर्ने हुन्छ । 

यसरी अर्डर गर्न सफल सबैजना स्वतःडिलमा सहभागी हुनेछन् । यसरी आफ्नो सहभागिता जनाएका उपभोक्ताहरु मध्यबाट एक जना भाग्यशाली उपभोक्ताले एथर रिज्टा इलेक्ट्रिक स्कूटर जित्ने सुनौलो अवसर प्राप्त गर्नेछन् । विजेता छनोट अधिकतम डेलिभर भएका अर्डर र न्यूनतम रु.१० हजारको खरिद सर्त पूरा भएको आधारमा हुने जानकारी दिइएको छ ।

नोभेम्बर १० को राति ८ बजेदेखि सुरु हुने सेलको शुरुवातमा मिडनाइट रश आवर अन्तर्गत ८ प्रतिशत हाई भ्यालुका भाउचरहरू (रु.१,१११ सम्म) राति ८–९ र १२–१ बजेसम्म उपलब्ध हुनेछन् ।  

साथै, फ्ल्याश भाउचर हरेक दिन बिहान ११ र बेलुका ७ बजे सार्वजनिक गरिनेछ । साथै, उपभोक्ताहरुले थिम्ड डेज्मा पनि अत्यन्त आकर्षक अफरहरुको मज्जा तथा लाभ उठाउन सक्नेछन् । उदाहरणका लागि, फेसनविकेन्ड (शनिवार–आइतवार), इलेक्ट्रोनिक्स ट्युजडे, लाइफस्टाइल वेड्नेसडे, मदर एन्ड बेबी थर्सडे, ब्यूटी एन्ड केयर फ्राइडे, र दराजमल मन्डे मा पनिविशेष छुट र सिमित समयका लागि आकर्षक डिलहरू उपलब्ध हुनेछन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैगरी, दराजच्वाइस च्यानलमार्फत बाई थ्री गेट फ्रि डेलिभरी र बाई फोर गेट वान फ्रिगिफ्ट विथफ्रि डेलिभरी अफरहरू पनि पाउनेछन् ।  

यस वर्षको मेगा डिलमा सेताफिल, ¥होटो, एईविबी, न्यूलाइट, यूनिलिभर, होनसा, ग्रिनलाईफ एक्स्पेरियन्स, मिनिमलिस्ट, ब्राण्डहाउस, अल्टिमा लाईफस्टाइल, फोरया र मसलब्लेजप्लेटिनम पार्टनरका रूपमा रहेका छन्।  

गोल्ड पार्टनरका रुपमा, डा.सेथ्स, जुभारा, केएल डुगड गु्रप, ई–प्लाजा, एंकर, नाईक रसिल्भर पार्टनरका रुपमा किक लाईफ स्टाइल, फ्यानटेक, श्रीसालासार डिस्ट्रिब्यूटर्स, ब्लेस अनलाइन, माटो नेपाल, पिज्जा ईटालिया, ¥हाइना डर्मा रहेका छन् ।प्लेटिनम, गोल्ड तथा सिल्भर पार्टनरका रुपमा समाविस्ट यी ब्राण्डहरुले संयुक्त रुपमा ११.११ अवधिभर ईलेक्ट्रोनिक्स, फेशन, एफएमसीजी, हेल्थ एण्ड ब्यूटी, होम अप्लायन्सेस तथालाईफस्टाइल अन्तर्गत नेपालकै बेस्ट अफरहरु उपलब्ध गराउने कम्पनीले जानकारी दिएको छ ।  

अपग्रेडेड दराजमल

११.११ अघि नै दराजले आफ्नो दराजमललाई नयाँ परिस्कृत रूप र अनुभवसहित प्रस्तुत गरिसकेको छ । यस अन्तर्गत यहाँ प्रमाणित ब्रान्ड र आधिकारिक विक्रेताहरुबाट मात्र वस्तुहरु उपलब्ध गराइने तयारी रहेको छ । नयाँ दराजमलले ग्राहकहरूलाई तीन गुणा सम्मकोक्याशब्याकग्यारेन्टी (सर्तहरु लाागू) सहित प्रामाणिकता र विश्वासको नयाँ स्तर प्रदानगर्नेकम्पनीले विश्वास लिएको छ ।

छानिएका बैंकहरु मार्फत प्रिपेमेन्टअफरहरू

११.११ मार्फत उपभोक्ताहरुलाई थप रोमाञ्चकता प्रदान गर्ने सोचका साथ दराजले नेपालका सात प्रमुख बैंकहरूसँग सहकार्य गर्दै प्रीपेमेंट छुटहरुको घोषणा गरेको छ । यस अन्तर्गत उपभोक्ताले अवधिभर निम्नानुसार लाभ उठाउन सकिनेछ ।  

–क्रेडिट कार्ड प्रयोगकर्ताका लागिः २० प्रतिशत छुट (रु.२,००० सम्म)

–डेबिट कार्ड प्रयोगकर्ताका लागिः १५ प्रतिशत छुट (रु.१,५०० सम्म)

यस अफरमा सहभागी बैंकहरूमानविल बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक र गरिमा बैंक रहेका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.