सोमबार, मंसिर १५,२०८२ 06:47:52
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 06:47:52
Bizshala
Global IME Bank Limited

कामना सेवाको १९औं वार्षिकोत्सव सम्पन्न, नयाँ निक्षेप योजना सार्वजनिक

Hyundai Nepal
कामना सेवाको १९औं वार्षिकोत्सव सम्पन्न, नयाँ निक्षेप योजना सार्वजनिक
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको हो ।  

बैंकले कार्तिक २७ गते बिहिबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रियख कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न स्थानहरुमा सम्पन्न भएको रक्तदान कार्यक्रमबाट कुल ४२९ पिन्ट रगत संकलन भएको छ ।  

बैंकका संचालक भिम प्रसाद तुलाचनबाट बैंकको बुटवल क्षेत्रमा भएको रक्तदान कार्यक्रमको समुद्घाटन भएको थियो भने केन्द्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले हिमाल हस्पिटल, रक्त संचार केन्द्रकी भावना पाण्डेलाई ब्लडव्याग हस्तान्तरण गरि समुद्घाटन गरेका थिए ।

CG Motors
Garima Development Bank
IME remit

रक्तदान कार्यक्रम कोशी प्रदेशको विराटनगर शाखा, मधेस प्रदेशको बर्दिबास शाखा, नारायणगढ क्षेत्रको नारायणगढ शाखा, पोखरा क्षेत्रको न्युरोड पोखरा शाखा, बुटवल क्षेत्रको बुटवल शाखा र पश्चिम क्षेत्रको नेपालगञ्ज शाखामा भएको रक्तदान कार्यक्रममा क्षेत्रिय प्रमुख, स्थानिय समाजसेवी, रक्तदाता तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।  

बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा अन्तर बैंक तथा वित्तीय संस्था स्तरिय फुटलस कप (पाँचौं संस्करण) पनि आयोजना गरेको थियो । उक्त प्रतियोगितामा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंक विजयी भएको थियो ।  

१९ औं वार्षिकोत्सवकै अवसरमा बैंकको अमरसिंह शाखाले अमरसिंह उच्चमावि र पोखरा न्युरोड शाखाले पार्दी माविमा वित्तिय साक्षरता कार्यक्रम समेत सम्पन्न गरेका छन् ।  

वार्षिकोत्सवको अवसर पारेर बैंकले नयाँ निक्षेप योजना ‘अल्फाग्रो’ समेत सार्वजनिक गरेको छ । बैंकका अनुसार यो खाता १८ वर्ष सम्मका उमेर समुहका बालबालिकाहरुलाई लक्षित गरिएको हो । ‘अल्फाग्रो’ खाताको विशेषतामा, खाता खोल्ने ग्राहकहरुलाई बैंकले आकर्षक खुत्रुके उपलव्ध गराउने र खातावालाको रु.५० हजार रुपैया सम्मको जीवन बीमा बैंकले नै व्यवस्था गर्नेछ । उक्त जीवन बीमाको प्रिमियम,खातावाला १८ वर्ष नपुग्दासम्म बैंकले नै भुक्तानी गर्ने बैंकले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

जसले बालबालिकाको भविष्यलाई सुरक्षित र दिगो बनाउन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । ‘अल्फाग्रो’खातामार्फत् बालबालिकामाबचत गर्ने बानीको विकास र अभिभावकहरुलाई भविष्यमुखी वित्तीय सुरक्षा प्रदान गर्ने उद्देश्य बैंकले लिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.