मंगलवार, जेष्ठ ५,२०८३ 05:31:18
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:31:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कांग्रेस चुनावमा जाने, एमाले एक्लियो: सेयर बजारलाई बलियो सपोर्ट

Laxmi Sunrise Bank Limited
कांग्रेस चुनावमा जाने, एमाले एक्लियो: सेयर बजारलाई बलियो सपोर्ट
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसले आज बसेको केन्द्रीय कार्यसमिति बैठकबाट आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ।  

विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेसको यो कदमले राजनीतिक अनिश्चितता अन्त्य गरी निर्वाचनको वातावरण निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

बैठकले वर्तमान राजनीतिक संकटको निकास, जेन–जीका मागहरूलाई संस्थागत रूपमा निर्वाचनमार्फत सम्बोधन गर्न सकिने निष्कर्ष निकालेको छ। साथै, राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि सर्वसम्मतिले पारित भएको छ।

यद्यपि, दल दर्ताका लागि पठाइने पत्रमा सभापति शेरबहादुर देउवा कि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नाम उल्लेख गर्ने भन्ने विषयमा सहमति जुट्न सकेन। देउवाको नाम राखिएमा टिकट वितरणमा उनकै प्रभुत्व कायम रहने आशंका पार्टीभित्र कायम छ।

कांग्रेसले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सरकारसँग आग्रह गरेको छ। विशेषगरी, हराएका हतियार र भागेका कैदीबन्दीहरूलाई तत्काल नियन्त्रणमा लिई आमनागरिकलाई सुरक्षित वातावरण सुनिश्चित गर्नुपर्ने उसको माग छ।

उता, पार्टीको १४औं महाधिवेशनको मिति र प्रक्रियासम्बन्धी विवादमा भने बैठकले कुनै निश्कर्ष निकाल्न सकेन । फागुन २१ को निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि भन्नेमा सहमति नजुटेपछि महामन्त्री गगन थापाले छिट्टै फेरि छलफल गरेर टुंगोमा पुर्‍याइने बताएका छन्।

Bizshala
New Office
CG Motors

निर्वाचन वातावरण र सेयर बजारमा सकारात्मक सन्देश

विघटित संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले निर्वाचनमा जाने निर्णय गरेसँगै दोस्रो ठूलो दल नेकपा एमाले माथि ठूलो राजनीतिक दबाब परेको छ।  

एमालेले संसद पुनर्स्थापनाको अडान लिएर निर्वाचन बहिष्कारको धम्की दिँदै आएको थियो। तर, कांग्रेसको कदमले अब एमालेले पनि निर्वाचनमा जानुपर्ने बाध्यता सिर्जना भएको छ। अन्यथा, एमालेले आफ्नो राजनीतिक हैसियत र जनाधार गुमाउने जोखिम बढ्छ।

निर्वाचन आयोगले चुनावी प्रयोजनका लागि दल दर्ताका लागि मंसिर १० गते लाई अन्तिम मिति तोकेको छ। कांग्रेसले आजै निर्णय लिएसँगै अन्य दलहरूले पनि तीव्र गतिमा तयारी थाल्ने अपेक्षा छ। यो समयसीमाले निर्वाचनको प्राविधिक र राजनीतिक तयारी लाई तीव्रता दिनेछ।

Garima Development Bank
Shivam Cement
IME remit

यसैबीच, कांग्रेसको निर्णयले निर्वाचनको अनिश्चितता हट्दै गएको सन्देश गएको छ। राजनीतिक स्थिरता र निर्वाचनको स्पष्ट मार्गचित्रले लगानीकर्ताको मनोबल उकास्ने निश्चित छ। विगतमा निर्वाचन घोषणा र प्रमुख दलहरूको सहभागिताले नेप्से परिसूचकमा उल्लेख्य सुधार भएको देखिएको छ।

चुनावी वातावरण बन्दा बैंकिङ, जलविद्युत् र बीमा क्षेत्र सबैभन्दा बढी सकारात्मक प्रभाव पर्नेछ ।  

यस्तै, विदेशी लगानीकर्ताले पनि नेपालको राजनीतिक जोखिम घटेको ठानेर लगानी बिस्तार गर्न सक्छन् ।  

नेपाली कांग्रेसको निर्वाचन सहभागिताको निर्णयले निर्वाचनको वातावरण बलियो बन्दैछ भन्ने स्पष्ट सन्देश दिएको छ। मंसिर १० भित्र दल दर्ता र फागुन २१ को निर्वाचन ले राजनीतिक स्थायित्वको आधार तयार पार्दैछ। यो परिदृश्यले सेयर बजारमा स्थिरता र वृद्धिको सम्भावनालाई उजागर गरेको छ। नेप्से परिसूचकमा छोटो अवधिमै सकारात्मक प्रभाव पर्नसक्ने सम्भावना समेत उच्च देखिन्छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.