सोमबार, जेष्ठ ४,२०८३ 04:36:55
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 04:36:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमकहरुले भित्र्याए रु.६२.२१ अर्ब प्रिमियम, सबैको व्यवसायमा ग्रोथ

Laxmi Sunrise Bank Limited
जीवन बीमकहरुले भित्र्याए रु.६२.२१ अर्ब प्रिमियम, सबैको व्यवसायमा ग्रोथ
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले सवा ६२ अर्ब रुपैयाँ प्रिमियम संकलन गरेका छन् । चालु आवको ४ महिनासम्ममा १४ जीवन बीमा कम्पनीहरुले ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ प्रिमियम भित्र्याएका हुन् ।

यो रकम गत आवको सोही अवधिसम्मको तुलनामा १६.५३ प्रतिशत बढी हो । गत आवको कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ प्रिमियम भित्र्याएका थिए ।

Bizshala
New Office
CG Motors

सो अवधिसम्म आइपुग्दा सबै बीमा कम्पनीहरुको व्यवसाय गत आवको तुलनामा उल्लेख्य बढेको छ । सबैभन्दा बढी प्रिमियम संकलन गर्ने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिसम्ममा १७ र्अ ९२ लाख रुपैयाँ प्रिमियम भित्र्याएको छ, जुन गत आवको तुलनामा १०।३८ प्रतिशत बढी हो ।

त्यस्तै, नेशनल लाइफले ७ अर्ब ४७ करोड, एलआइसी नेपालको ६ अर्ब ४६ करोड, हिमालयन लाइफको ५ अर्ब ६४ करोड, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ३ करोड, सूर्यज्योति लाइफले ३ अ र्ब ६४ करोड, एशियन लाइफले २ अर्ब ९९ करोड, सिटिजन लाइफले २ अर्ब ६६ करोड, सानिमा रिलायन्स लाइफले २ अर्ब २८ करोड, मेट लाइफले २ अर्ब ९ करोड, आइएमई लाइफले १ अर्ब ९४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ८० करोड र सन नेपाल लाइफले १ अर्ब ३० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

गत आवको तुलनामा सबैभन्दा बढी व्यवसाय ग्रोथ गर्ने कम्पनीमा राष्ट्रिय जीवन बीमा कम्पनी र आइएमई लाइफ रहेको छ । राष्ट्रिय जीवन बीमाले १८३.६६ प्रतिशत र आइएमई लाइफले २६.६८ प्रतिशतले व्यवसाय बढाएको छ ।

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.