काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । अघिल्लो दिन १४ सय रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो । यससँगै सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ३ सय कायम भएको छ ।
अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला २ लाख ५३ हजार ६ सय रुपैयाँमा भएको थियो ।
यस्तै आज चाँदीको भाउ भने १० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ४४५ रुपैयाँ कायम भएको छ ।

