काठमाण्डौ । सर्वोच्च अदालतले शरद ओझाले मन्त्रिपरिषद् विरुद्ध दायर गरेको रिटसम्बन्धी आजको सुनुवाईमा कुनै नयाँ आदेश जारी गरेको छैन ।
अदालतले अहिलेको चरणमा कुनै अन्तरिम आदेश जारी वा खारेज गर्ने निर्णय नगरी पहिले नै छानबिन समितिले तयार पारेको प्रतिवेदन माग गर्न वा झिकाउन आदेश जारी गरेको छ ।
न्यायधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्नुअघि छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो । अब यो मुद्दाको अर्को सुनुवाई मंसिर २८ गते तोकिएको छ ।

