शुक्रबार, असार १९,२०८३ 04:24:48
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 04:24:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तेस्रो क्यान बीटुबी समिट २०२५’ सुरु, राजनीतिक सहमति भए ई–भोटिङ सम्भव छः सञ्चारमन्त्री खरेल

Laxmi Sunrise Bank Limited
तेस्रो क्यान बीटुबी समिट २०२५’ सुरु, राजनीतिक सहमति भए ई–भोटिङ सम्भव छः सञ्चारमन्त्री खरेल

काठमाण्डौ । नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रलाई सुदृढ बनाउने र व्यवसायीहरूबीच समन्वय बढाउने उद्देश्यका साथ ललितपुरमा ‘तेस्रो क्यान बीटुबी समिट २०२५’ शनिबार (पुस ५)देखि सुरु भएको छ । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा पुल्चोकस्थित ‘द प्लाजा’ मा आयोजित दुई दिने सम्मेलनको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गरे ।

सम्मेलनको उद्घाटन गर्दै मन्त्री खरेलले प्रविधिको उच्चतम प्रयोगमार्फत निर्वाचन प्रणालीलाई आधुनिक बनाउनुपर्नेमा जोड दिए । उनले यदि राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति जुटेमा आगामी निर्वाचनमा कम लागतमै ‘इ(भोटिङ को व्यवस्था गर्न सकिने बताए ।

‘सूचना प्रविधिको यो युगमा पनि अर्बौँ रुपैयाँ खर्च गरेर कागजको मतपत्र छाप्ने र सुरक्षाका साथ दुई दिन लगाएर बोक्नुपर्ने बाध्यता दुखद छ,’ मन्त्री खरेलले भने, ‘डिजिटल नेपालको लक्ष्य पूरा गर्न सरकार प्रविधिमैत्री बन्नुको विकल्प छैन । अब डिजिटल मार्गको माग बढ्दो छ र मन्त्रालयले नीतिगत तथा संरचनागत सुधारमा तीव्रता दिइरहेको छ ।’

New Office
CG Motors
Garima Development Bank

उनले सरकार आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने तयारीमा जुटेको र जेन(जी आन्दोलनको भावना अनुरूप सुशासन कायम गर्न प्रतिबद्ध रहेको समेत स्पष्ट पारे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे लगायतका अतिथिले  सरकारले लगानीको सुरक्षा प्रत्याभूति गर्ने वातावरण बनाउन र स्पष्ट लगानी संरक्षण नीति ल्याउन आग्रह गर्दै सूचना प्रविधिको क्षेत्रमा रोजगारीका हजारौँ अवसर सिर्जना गर्न सकिनेमा जोड दिए ।

क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले प्रविधि र व्यवसायबीचको दुरी कम गर्दै नेपाली आईसीटी उद्योगलाई भविष्यमुखी बनाउन यो सम्मेलनले पुलको काम गर्ने विश्वास व्यक्त गरे । त्यस्तै, महासचिव चन्द्र विलास भुर्तेलले देशभरबाट व्यवसायी, डिलर र आयातकर्तालाई एउटै थलोमा ल्याएर व्यापार विस्तार गर्नु समिटको मुख्य उपलब्धि रहेको बताए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

क्यान महासंघकी उपाध्यक्ष सिर्जना श्रेष्ठले कार्यक्रममा सञ्चालन हुने विभिन्न सत्रहरु‍बारे जानकारी दिइन् । यसअन्तर्गत सम्मेलनको पहिलो दिन शनिबार ‘आईटी व्यवसायको डिजिटल रूपान्तरण र आर्टिफिसियल इन्टेलिजेन्स’ विषयमा केन्द्रित रहेर विशेष छलफलहरू भए । जसमा हाई(टेक, टेक वर्ल्ड डिस्ट्रिब्युसन लगायतका प्रमुख कम्पनीहरूले आ–आफ्नो नवीन प्रविधिको प्रस्तुति दिएका थिए ।

कार्यक्रमको पहिलो दिनको अन्त्यमा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले धन्यवाद ज्ञापन गर्दै सम्मेलनको उद्देश्यमाथि थप प्रष्ट पारेका थिए । अधिकारीले डेटा सेन्टर र क्लाउड सेवा नेपालको डिजिटल अर्थतन्त्रको वास्तविक मेरुदण्ड भएको बताए ।

दोस्रो दिन आज आइतबार साझा सम्म चल्ने कार्यक्रम विशेषगरी ‘साइबर सुरक्षा र एआई’ मा केन्द्रित हुनेछ । भोलिको सत्रमा वर्तमान समयमा बढ्दो साइबर चुनौती र ती समस्या समाधानमा एआईको भूमिकाबारे विज्ञहरूसँग प्यानल छलफल हुनेछ ।

दुई दिने यस समिटमा १०० भन्दा बढी प्राविधिक प्रतिनिधि र व्यवसायीहरूको सहभागिता रहेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.