मंगलवार, जेष्ठ ५,२०८३ 11:20:10
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:20:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

युवा पुस्तासँग जोडिँदै यामाहाः ‘ओटाकु जात्रा २०२५’ मा ८ हजार बढीको सहभागिता

Laxmi Sunrise Bank Limited
युवा पुस्तासँग जोडिँदै यामाहाः ‘ओटाकु जात्रा २०२५’ मा ८ हजार बढीको सहभागिता
Shivam Cement

काठमाण्डौ । यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो पप-कल्चर फेस्टिभल ‘ओटाकु जात्रा इन्टु जात्रा भर्स २०२५’ मा सह-प्रायोजकको रूपमा सहभागिता जनाउँदै युवाहरूसँगको आफ्नो सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको छ। ८,००० भन्दा बढी युवा, पप-कल्चर फ्यान, गेमर, र कस्प्ले कलाकारहरूको उत्साहजनक उपस्थिति रहेको यस कार्यक्रममा यामाहाको सहभागिता केवल मोटरसाइकल प्रदर्शनमा मात्र सीमित रहेन। 

यामाहाले आफ्नो MT-15 सिरिजलाई ओटाकु जात्रामा ल्याउँदै स्ट्रीट–कल्चर मोटरसाइकलिङ र पप–कल्चर समुदायको दूरी घटाउने काम गर्‍यो, जहाँ सृजनशीलता, आत्म-अभिव्यक्ति र राइडिङ लाइफस्टाइल एकै ठाउँमा प्रस्तुत गर्ने मौका दियो।

Bizshala
New Office
CG Motors

ओटाकु जात्रा जस्तो युवा-केन्द्रित र सिर्जनात्मक कार्यक्रममा सहभागिता जनाएर यामाहाले आधुनिक युवा संस्कृति, उनीहरूको वैयक्तिक स्वतन्त्रता र जीवनशैलीलाई बुझ्ने ब्रान्डको रूपमा आफ्नो परिचयलाई अझ बलियो बनाएको छ। कस्प्ले, स्ट्रिट आर्ट, गेमिङ र संगीतले भरिपूर्ण उक्त फेस्टिभलको माहोल यामाहाको 'युवा र स्ट्रिट-कल्चर' मा केन्द्रित पहिचानसँग पूर्ण रूपमा मेल खाएको थियो।

यसै अवसरमा यामाहाले नेपालको प्रतिष्ठित ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप (NRRC) २०२५’ का पोडियम विजेता दीपेश जैसवाल, नेसनल क्याटागोरी विजेता श्रीहरि पौडेल र महिला क्याटागोरी विजेता वर्षा बस्नेतलाई यामाहाको मर्चेन्डाइज हस्तान्तरण गर्दै सम्मान गरेको थियो। 

कार्यक्रमको मुख्य आकर्षणमध्ये एक 'कस्टमाइज्ड' (Customized) MT-15 मोटरसाइकलहरूको प्रदर्शनी थियो। राइडरहरूको व्यक्तिगत कथा र प्रेरणा झल्काउने यी मोटरसाइकलहरूमा गरिएको युनिक मोडिफिकेसन, लिभरी र एसेसरिजले राइडिङ समुदायभित्रको रचनात्मकतालाई उजागर गरेको थियो। यामाहा नेपालका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले ती राइडरहरूलाई भेट्दै यामाहाको मर्चेन्डाइज प्रदान गरेका थिए । 

फेस्टिभलमा प्रस्तुत गरिएको यामाहाको स्टन्ट शोले दर्शकहरूको ध्यानाकर्षण गर्दै माहोल तताएको थियो। प्रोफेशनल राइडरहरूले प्रस्तुत गरेको स्टन्टले यामाहाको पर्फर्मेन्स डीएनए (DNA) र बलियो मोटरस्पोर्ट्स विरासतलाई झल्काएको थियो।

Garima Development Bank
Shivam Cement
IME remit

दर्शकहरूसँग अझ नजिकिन यामाहाले विभिन्न अन्तरक्रियात्मक र अनुभवजन्य जोनहरू पनि सिर्जना गरेको थियो। मोटोजीपी रेसिङ सेटअपसहितको गेमिङ जोन, ग्राफिटी आर्ट वाल र हेल्मेट आर्ट जोनले सहभागीहरूलाई आफ्नो रचनात्मकता देखाउन प्रोत्साहित गर्यो। साथै, MT-15 एक्स्पेरियन्स जोनमा टेस्ट राइडको व्यवस्था गरिएको थियो जहाँ युवाहरूको बाक्लो उपस्थिति देखियो।

कार्यक्रमको अर्को विशेष आकर्षण 'MT राइड-आउट' रह्यो, जसमा ३५ जना राइडरहरूले कस्प्ले कलाकारहरूलाई पिलियन (पछाडि) राखेर प्लाजा पुग्नुअघि नै कार्यक्रमको हाइप अझ बढाउन सफल भएको कम्पनीले जनाएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.