मंगलवार, माघ २०,२०८२ 11:53:19
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 11:53:19
Bizshala
Global IME Bank Limited
Bizshala

कम मूल्यका कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् दोस्रो बजारमा पाइने रु.२०० मुनिका सस्ता सेयर

कम मूल्यका कम्पनीमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् दोस्रो बजारमा पाइने रु.२०० मुनिका सस्ता सेयर
Shivam Cement

काठमाण्डौ । जेनजी आन्दोलनपछि सेयर लगानीकर्ताहरुमा मनोबल बढ्न नसक्दा अहिले सेयरबजारले गति लिन सकिरहेको छैन ।

बजारमा सानो–सानो अंकको उतारचढाव देखिएको छ । बजार न त ह्वात्तै बढ्न नै सकेको छ, न त घट्न नै । अधिकांश लगानीकर्ताहरु अहिले पर्ख र हेरको अवस्थामा छन्, जसकारण पछिल्लो समय बजारमा कारोबार अत्यासलाग्दो गरी सुस्ताइरहेको छ ।

सिजनअनुसार अहिलेको समय लगानीका लागि उचित समय भएतापनि लगानीकर्ताहरु सेयरबजारमा सक्रिय हुन सकिरहेका छैनन्, कारण हो अहिलेको अस्थिर राजनीतिक अवस्था ।

Bizshala
Garima Development Bank
New Office

केही सेयर विश्लेषकहरुका अनुसार अहिले बजारमा लाभांश सिजन चलिरहेको अवस्थामा लगानीको लागि उचित अवसर भएतापनि लगानीकर्ताहरु ढुक्कसँग बजार छिर्न सकिरहेका छैनन् ।

सेयरबजार बढ्ने थुप्रै आधारहरु तय भएपनि बजारलाई राजनीतिक पक्षले प्रत्यक्ष असर गर्ने हुँदा लगानीकर्ताहरु झ्याप्पै लगानी गरिहाल्न हौसिएका छैनन् । चुनावी माहोल बन्दै गएपनि विभिन्न राजनीतिक दलमा देखिएका विवादास्पद विषयले लगानीकर्ताहरु मनोबल बढाउन सकिरहेका छैनन् ।

सेयरबजार सुस्ताइरहेको बेला कतिपय कम्पनीहरुको सेयर झण्डै आइपीओकै मूल्यमा पाउन थालिएको छ । अंकित मूल्य भन्दा पनि तल झर्ने अवस्था आएपछि लगानीकर्ताहरु अत्तालिन थालेका छन् ।

अहिले नेप्सेमा १० कम्पनीको सेयरभाउ २ सय रुपैयाँ भन्दा तल छ । जसमा वाणिज्य बैंक र हाइड्रो कम्पनीहरु छन् ।

वाणिज्य बैंकहरुमा कुमारी बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिटिजन्स बैंक इन्टरनेशनल र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छन् भने हाइड्रो कम्पनीहरुमा शिव श्री हाइड्रो, अप्पर तामाकोशी, हिमाल दोलखा, बलेफी हाइड्रोपावर र नेशनल हाइड्रोपावर रहेका छन् ।

बजारले आक्रामक गति लिन नसक्दा १० कम्पनीको सेयरभाउ न्यून विन्दुमा पुगिसकेको छ । तर लगानीकर्ताहरुलाई उक्त कम्पनीहरुको सेयर खरिद गर्ने उपयुक्त अवसर पनि हुन सक्छ । यदि कसैले बजारमा सस्तो सेयरभाउ रहेका कम्पनीको सेयरमा दीर्घकालिन रुपमा लगानी गर्न खोजिरहेको छ भने उनीहरुका लागि यी कम्पनीहरु उचित अवसर बन्न सक्छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

तर लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था तथा आधारभुत पक्ष विश्लेषण गर्न जरुरी हुन्छ । सस्तोमा पाइयो भन्दैमा झट्टै लगानी गर्दा पनि जोखिम हुन सक्ने भएकाले आफ्नो लगानीबाट कस्तो रिटर्न पाउन सकिन्छ भनेर लगानीकर्ताले अध्ययन गर्न जरुरी हुन्छ ।

अहिले बजारमा लो क्याप भएका कम्पनीको सेयरभाउ चाँडै बढ्ने वा घट्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा लगानीकर्ता आफैं चनाखो हुन सकेमा लो क्याप कम्पनी छानेर लगानी गर्दा उचित हुन्छ । साथै हाई क्याप कम्पनीको सेयरभाउ पनि खासै उतारचढाव नदेखिने र रिस्क पनि कम हुने गर्दछ । बजारमा नयाँ लगानीकर्ताहरुका लागि तुलनात्मक रुपमा हाई क्याप कम्पनीहरु र आधारभुत पक्षमा बलिया कम्पनीहरु उचित हुन सक्छ ।

नोटः यो अध्ययन लगानीकर्तालाई कुनै पनि कम्पनीको सेयर खरिद गर्न सिफारिस गरिएको होइन ।

 

 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.