सोमबार, जेष्ठ ४,२०८३ 11:04:54
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 11:04:54
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

माघ २ देखि ४ गतेसम्म ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने, स्टल बुकिङ जारी

Laxmi Sunrise Bank Limited
माघ २ देखि ४ गतेसम्म  ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुने, स्टल बुकिङ जारी
Shivam Cement

काठमाण्डौ । आगामी माघ २ देखि ४ गतेसम्म कृषि क्षेत्रको आधुनिकीकरण, तथा नवीन प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो’ आयोजना हुुने भएको छ । चितवन एक्स्पो सेन्टरमा माघ २ देखि ४ गतेसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय प्रदर्शनीका लागि स्टल बुकिङ तीव्र गतिमा भइरहेको छ ।  हाल एक्स्पोका लागि सीमित स्टल मात्र उपलब्ध रहेका छन्।

आयोजक मिडिया स्पेस सोलुसन्स प्रालि र  फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिका अनुसार एक्स्पोमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका कृषि प्रविधि, डेरी, पशुपालन, कृषि औजार, बीउ–बिजन, मल, किटनाशक, फुड प्रोसेसिङ, कृषि यन्त्र, पशु स्वास्थ्य सेवा तथा वित्तीय समाधान प्रदान गर्ने कम्पनीहरूको सहभागिता रहनेछ। यसले किसान र व्यवसायीलाई एकै थलोमा आधुनिक प्रविधि अवलोकन तथा प्रत्यक्ष जानकारी लिने अवसर प्रदान गर्नेछ।

Bizshala
New Office
CG Motors

यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई कृषि क्षेत्रमा लगानी, प्रविधि हस्तान्तरण र व्यवसायिक सहकार्यका लागि प्रभावकारी प्लेटफर्म भएको आयोजकको भनाई छ । विशेषगरी व्यावसायिक कृषक, एग्रो–उद्यमी, सहकारी, अनुसन्धानकर्ता तथा विद्यार्थीका लागि यसले व्यवहारिक ज्ञान र नेटवर्किङको अवसर प्रदान गर्नेछ।

उक्त अन्तर्राष्ट्रिय एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। आधुनिक कृषि औजारदेखि लिएर ठूला मेसिनरीसम्मको प्रत्यक्ष प्रदर्शन, डेमो तथा परामर्श सेवामार्फत नेपालको कृषि क्षेत्रलाई अझ उत्पादनमुखी र आत्मनिर्भर बनाउने दिशामा एक्स्पोले योगदान पु¥याउने आयोजकको विश्वास छ।

Garima Development Bank
Shivam Cement
IME remit

यस अन्तराष्ट्रिय प्रदर्शनीमा प्रबद्र्धकको भूमिकामा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम रहेको छ भने सहयोगी संस्थाको भूमिकामा राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ लि।, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय, र चितवन उद्योग संघ रहेका छन् । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.