मंगलवार, जेष्ठ ५,२०८३ 05:38:35
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:38:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अन्ततः फुट्यो कांग्रेस, गगन-विश्वलाई ५ वर्षका लागि निश्कासनको कारबाही

Laxmi Sunrise Bank Limited
अन्ततः फुट्यो कांग्रेस, गगन-विश्वलाई ५ वर्षका लागि निश्कासनको कारबाही
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै गएको छ। पार्टीको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही अन्य नेताहरूमाथि कडा कारबाही गरेको छ।

सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरजस्ता नेताहरूलाई ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।

Bizshala
New Office
CG Motors

यो कारबाहीको मुख्य कारण पार्टीको आधिकारिक निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गर्नु र त्यसलाई अगाडि बढाउनु रहेको बताइएको छ। विशेष महाधिवेशनको माग ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिबाट आएको भन्दै महामन्त्रीद्वयले यो कदम चालेका थिए। तर, संस्थापन पक्षले भने नियमित महाधिवेशन वैशाखमा गर्ने गरी पहिल्यै सहमति भएको र सोहीअनुसार अघि बढ्नुपर्ने अडान राखेको थियो। थापा र शर्माले त्यसमा फरक मत राखेका थिए।

विशेष महाधिवेशनको पक्षमा लागेका नेताहरूले बन्द सत्रबाट पारित निर्णयलाई अन्तिम मानेर निर्वाचन समिति गठन गरेका थिए र चुनावी प्रक्रिया सुरु गरिसकेका छन्। यस क्रममा सभापति पदमा गगन थापाको उम्मेदवारीसमेत दर्ता भइसकेको छ। निर्वाचन समितिले अन्य पदाधिकारीका लागि पनि मनोनयन लिइसकेको जानकारी दिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

पार्टीमा एकता कायम राख्न विभिन्न चरणमा वार्ता र छलफल भए पनि सफलता मिलेन। मंगलबार तीन चरणमा वार्ता भएकामा आज बिहान मात्रै महामन्त्रीद्वयले सभापति शेरबहादुर देउवासँग भेट गरी अन्तिम प्रयास गरेका थिए। तर, सहमति जुट्न नसकेपछि संस्थापन पक्षले कारबाहीको बाटो रोजेको हो।

बैठकले विशेष महाधिवेशनको पक्षमा लागेका सबैलाई आफ्नो मूल भूमिकामा फर्किन पनि आग्रह गरेको छ। यो घटनाले नेपाली कांग्रेसमा गहिरो खाडल सिर्जना भएको देखिन्छ। यो कारबाहीसँगै अन्ततः कांग्रेस फुटेको छ । विशेष महाधिवेशन पक्षधर अब नयाँ नेतृत्व चुन्ने निर्वाचन प्रक्रियामा अगाडि बढेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.