मंगलवार, माघ २०,२०८२ 02:12:31
Bizshala
  • मंगलवार, माघ २०,२०८२ 02:12:31
Bizshala
Global IME Bank Limited
Bizshala

मञ्जुश्री फाइनान्सद्वारा ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक

मञ्जुश्री फाइनान्सद्वारा ‘मन्जुश्री भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक
Shivam Cement

काठमाण्डौ । आफ्ना ग्राहकलाई सधैं नवीनतम तथा प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यका साथ मञ्जुश्री फाइनान्स लिमिटेडले Manjushree Virtual Credit Card सार्वजनिक गरेको छ। यस कार्डमार्फत ग्राहकहरूले Manjushree Smart मोबाइल बैंकिङ एप प्रयोग गरी सहज रूपमा डिजिटल कारोबार गर्न सक्नेछन्।

मञ्जुश्री भर्चुअल क्रेडिट कार्डबाट फोनपे नेटवर्कमा आबद्ध कुनै पनि मर्चेन्ट QR मा सजिलै भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। पूर्ण रूपमा मोबाइलमै आधारित यस कार्डमार्फत ग्राहकहरूले आफूले खर्च गरेको रकमको विवरण तुरुन्तै हेर्न सक्ने सुविधा पाउनेछन्। साथै, न्यूनतम १५ दिनदेखि अधिकतम ४५ दिनसम्म बिना ब्याज क्रेडिट कार्ड सीमा उपयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।

Bizshala
Garima Development Bank
New Office

क्रेडिट कार्ड लिमिटभित्र रहेर रकम प्रयोग गर्न सकिने, QR स्क्यान गरी छिटो र सुरक्षित भुक्तानी गर्न सकिने जस्ता सुविधाले ग्राहकको दैनिक वित्तीय कारोबारलाई अझ सरल बनाउने विश्वास फाइनान्सले लिएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

हाल मञ्जुश्री फाइनान्सले करिब २४ अर्ब रुपैयाँ निक्षेप संकलन तथा २०.५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। देशभर २७ वटा शाखा र एक विस्तारित काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको यस संस्थाले १ लाख ८० हजारभन्दा बढी सन्तुष्ट ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराइरहेको छ।

मञ्जुश्री फाइनान्स भर्चुअल क्रेडिट कार्ड सेवा सञ्चालनमा ल्याउने फाइनान्स कम्पनीहरूमध्ये पहिलो भएको दाबी गर्दै, यस नवीन सेवाले डिजिटल बैंकिङको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.