सोमबार, जेष्ठ ४,२०८३ 10:41:27
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:41:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

BREAKING : गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय

Laxmi Sunrise Bank Limited
BREAKING : गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय
Shivam Cement

काठमाण्डौ । निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक नेतृत्व गगनकुमार थापाको पक्षमा रहेको ठहर गरेको छ। पार्टीभित्रको विवाद टुंग्याउँदै आयोगले थापालाई सभापतिका रूपमा मान्यता दिने निर्णय गरेको हो।

Bizshala
New Office
CG Motors

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्ने क्रममा आयोगले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई वैध ठहर गरेको जनाएको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त जानकी तुलाधारले उक्त निर्णयमा सहमति जनाएका छन् भने आयुक्त सगुनशमशेर राणाले मात्र असहमति जनाएका छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit

गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा चयन भएका थिए। सोही निर्णय कार्यान्वयनका लागि थापासहितका नवनिर्वाचित पदाधिकारीहरूले बिहीबार आयोगमा आधिकारिक विवरण संशोधनको माग गर्दै निवेदन दर्ता गराएका थिए।

यता, पूर्णबहादुर खड्का पक्षका नेताहरूले शुक्रबार बिहान आफूहरू नै वैध नेतृत्व भएको दाबी गर्दै आयोगमा छुट्टै निवेदन दिएका थिए। दुवै पक्षको दाबी आएपछि आयोगले नवनिर्वाचित पदाधिकारीहरूलाई बोलाएर छलफल गरेको थियो।

सबै प्रक्रिया र कागजातको मूल्यांकनपछि आयोगले थापा नेतृत्वको समूहलाई नेपाली कांग्रेसको आधिकारिक पक्षका रूपमा मान्यता दिएको हो। यससँगै पार्टीको निर्वाचन चिह्न रुख र चारतारे झण्डामाथि पनि गगन पक्षकै अधिकार कायम भएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.