मंगलवार, जेष्ठ ५,२०८३ 05:27:56
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:27:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विश्व भू–राजनीतिक तनाव र कमजोर डलरले ऐतिहासिक उचाईमा सुनको भाउ, एकैदिन ११७ डलरको उछाल

Laxmi Sunrise Bank Limited
विश्व भू–राजनीतिक तनाव र कमजोर डलरले ऐतिहासिक उचाईमा सुनको भाउ, एकैदिन ११७ डलरको उछाल
Shivam Cement

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले एकपछि अर्को रेकर्ड राख्ने क्रम जारी राखेको छ । आजको कारोबारमा सुनको मूल्यले पहिलोपटक प्रतिऔंस ४ हजार ९ सय डलरको आँकडा पार गर्दै नयाँ किर्तीमान कायम गरेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको मूल्य २.४४ प्रतिशत अर्थात ११७ डलरको वृद्धिका साथ प्रतिऔंस ४ हजार ९५२ डलरमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । विश्व भू–राजनीतिक तनाव र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर कटौती गर्ने सम्भावनाका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर उकालो लागिरहेको छ ।

यस्तै डलर इन्डेक्स पनि ०.४० प्रतिशतले खस्किएको छ । डलर कमजोर हुँदा अन्य मुद्रा भएकाहरूका लागि सुन सस्तो हुन्छ र अन्तर्राष्ट्रिय माग बढ्छ। जसका कारण सुनको मूल्य बढ्छ । 

Bizshala
New Office
CG Motors

यसथै भूराजनीतिक तनाव, अमेरिकी डलरको कमजोर अवस्था तथा यस वर्ष अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले ब्याजदर घटाउने अपेक्षाले विश्व बजारमा सुनको मागलाई निरन्तर समर्थन गरिरहेको विज्ञहरुको ठहर छ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोमार्फत ग्रिनल्याण्डमा अमेरिकालाई पूर्ण र स्थायी पहुँच सुनिश्चित गरेको दाबी गरेका छन्। नाटोका प्रमुखले रूस र चीनबाट सम्भावित खतरालाई मध्यनजर गर्दै आर्कटिक क्षेत्रको सुरक्षामा सदस्य राष्ट्रहरूले प्रतिबद्धता बढाउनुपर्ने बताएका छन्। यद्यपि, सम्झौताका ठोस विवरण सार्वजनिक भइसकेका छैनन् भने डेनमार्कले ग्रिनल्याण्डमाथिको आफ्नो सार्वभौमिकता छलफलको विषय नभएको स्पष्ट पारेको छ।

Garima Development Bank
Shivam Cement
IME remit

आर्थिक तथ्यांकतर्फ हेर्दा, अमेरिकी पर्सनल कन्जम्प्सन एक्सपेन्डिचर प्रतिवेदनअनुसार अक्टोबर र नोभेम्बरमा उपभोक्ता खर्च बढेको देखिएको छ, जसले लगातार तेस्रो त्रैमासिकमा मजबुत आर्थिक वृद्धिको संकेत गर्दछ।

यद्यपि, बजार सहभागीहरूले यस वर्षको उत्तरार्धमा फेडले दुई पटक चौथाइ प्रतिशत (०.२५ प्रतिशत) ब्याजदर कटौती गर्ने अपेक्षा गरेका छन्, जसले ब्याज नदिने सम्पत्ति मानिने सुनको आकर्षण थप बढाएको छ।

यस्तै आज चाँदीको मूल्य पनि ६.३त्८ प्रतिशत अर्थात ५.९१ डलरले बढेको छ । यो वृद्धिसँगै चाँदीको भाउ प्रतिऔंस ९८ डलरमा काराबार भईरहेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.