सोमबार, असार २,२०८२ 01:39:09
  • सोमबार, असार २,२०८२ 01:39:09
Global IME Bank Limited

चुनावी नशाः २३८ पटकसम्म हारिसके, मोदीविरुद्ध पनि लडिसके,पुनः उत्रदैछन् मैदानमा

Hyundai Nepal
चुनावी नशाः २३८ पटकसम्म हारिसके, मोदीविरुद्ध पनि लडिसके,पुनः उत्रदैछन् मैदानमा
Nabil Bank Limited

काठमाण्डौ । एउटा व्यक्तिले आफ्नो जीवनकालमा कति पटक सम्म चुनाव हार्ने क्षमता राख्न सक्ला ? पक्कै पनि यो प्रश्न देख्दा तपाईको मनमा नेपालका राष्ट्रपति रामचरण पौडेलको याद आउँछ होला । नआओस् पनि किन ? पौडेलले १७ पटकसम्म राष्ट्रपतिका लागि भएको निर्वाचन जो हारेका थिए ।  

केहि मानिसहरुले कहिल्यै हार मान्दैनन् र प्रत्येकपटक नयाँ चुनौतीका लागि तयार रहन्छन् । यस्तै एक उदाहरण भारतको तमिलनाडु राज्यका पद्मराजन बनेका छन् । उनले १७ पटक होइन २३८ पटकसम्म निर्वाचन हारिसकेका छन् । उनी प्रत्येकपटक चुनाव हार्दा पनि पुनःचुनाव लड्न भने छाड्दैनन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यिनै पद्मराजन भारतमा यस वर्ष हुन गईरहेको लोकसभा चुनाव पनि लड्ने योजनामा छन् । तमिलनाडु राज्यको मेट्टुर मा बसोवास गर्ने पद्मराजनले भारतको स्थानिय चुनावदेखि लिएर राष्ट्रपतिको निर्वाचनसम्म लडिसकेका छन् । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी,पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयी ,मनमोहन सिंह,कांग्रेसका सांसद राहुल गान्धी र अन्य थुप्रै मुख्यमन्त्री तथा मन्त्रीहरुविरुद्ध चुनावी मैदानमा उत्रिसकेका छन् । तर प्रत्येकपटक उनले हारको मात्रै सामना गर्नु परेको छ ।  

५ पटक राष्ट्रपतिको चुनाव लडिसकेका पद्मराजनले ५ पटक उपराष्ट्रपति,३२ पटक लोकसभा,७२ पटक विधानसभा,३ पटक एमएलसी र १ पटक मेयर गरी अन्य कयौंपटक चुनाव लडिसकेका छन् ।  

५५ वर्षिय डाक्टर के पद्मराजनसँग एमए उत्तिर्ण गरेको ड्रिगी छ ।  एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.