सोमबार, जेष्ठ ४,२०८३ 02:10:58
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:10:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

गणपति लघुवित्तको मनहरी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
गणपति लघुवित्तको मनहरी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय मनहरी मकवानपुरद्धारा आयोजित एक दिने वित्तीय साक्षरता कार्यक्रम माघ २२ गते बिहीबारका दिन मनहरी गाउँपालिका वडा नं. ०७ का वडाध्यक्ष नवराज सुवेदीको प्रमुख आतिथ्यतामा मकवानपुरको मनहरीमा सम्पन्न भएको छ ।

संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि छलफल एवं अन्तक्रियात्मक प्रस्तुतिमा कार्यक्रमका बिशिस्ट अतिथी कार्यसञ्चालन विभाग प्रमुख, वरिस्ठ प्रबन्धक रविन्द्र कुमार न्यौपाने केसीले गरे । सो क्रममा आम्दानी, खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व लगायतका बिषयमा सहभागीलाई प्रष्ट पारिएको थियो ।

Bizshala
New Office
CG Motors

उक्त कार्यक्रममा अतिथिको रुपमा स्थानिय प्रहरी चौकीका प्रतिनिधि बिशुनाथ महतो लगाएतले पनि आफ्नो धारणा व्यक्त गरेका थिए । 

सो  कार्यक्रममा शाखा कार्यालय मनहरी मकवानपुर अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

करिब ३१ जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १०९ कि सदस्य तुलशा कलाखेति गरेका थिए भने कार्यक्रम संचालन शाखा प्रवन्धक सुमन शाहीले गरेका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.