मंगलवार, जेष्ठ ५,२०८३ 04:48:38
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 04:48:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’मा सम्मानित

Laxmi Sunrise Bank Limited
ब्रिटिश मोडल कलेजका विद्यार्थीहरू ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड्स २०२५’मा सम्मानित
Shivam Cement

काठमाण्डौ । ब्रिटिश एजुकेशन ग्रुपअन्तर्गत सञ्चालित तथा द ब्रिटिश कलेज, काठमाण्डौको भगिनी संस्था ब्रिटिश मोडल कलेज (BMC) ले अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। ब्रिटिस मोडलकलेज (BMC) का विद्यार्थीहरूले 'आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड २०२५' मा तीनवटा राष्ट्रिय पदक हात पार्दै कलेजको साखलाई थप उचाइमा पुर्‍याएका छन्। ब्रिटिस काउन्सिल सर्भिस नेपालद्वारा फागुन ५ गते (१७फेब्रुअरी २०२६) सोल्टी होटलमा आयोजित भव्य समारोहमा तीउत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गरिएको हो।

क्याम्ब्रिज एसेसमेन्ट इन्टरनेशनल एजुकेशनद्वारा नोभेम्बर २०२४ को परीक्षा शृङ्खलामा उत्कृष्ट नतिजा ल्याउने नेपाली विद्यार्थीहरूमध्ये ब्रिटिस मोडल कलेजका निम्न विद्यार्थीहरूले शीर्ष स्थान हासिल गरेका छन्:

खुस्बु निङ्लेकु (AS Level Biology) – नेपाल टपर (Top in Nepal): खुस्बुले जीवविज्ञान विषयमा नेपालभरिमै सबैभन्दा उच्च अंक प्राप्तगरी स्वर्ण पदक सरहको सम्मान प्राप्त गरेकी छिन्।

Bizshala
New Office
CG Motors

प्रतिक्षा घिमिरे (AS Level Economics) – नेपाल टपर (Top in Nepal): अर्थशास्त्र विषयमा उत्कृष्ट दख्खल राख्दै प्रतिक्षाले नेपाल टपरको उपाधि जितेकी छिन्।

जेन्सा श्रेष्ठ (AS Level Sociology) – हाई एचिभमेन्ट (High Achievement): समाजशास्त्र विषयमा जेन्साले आफ्नो असाधारण क्षमता प्रदर्शन गर्दै 'हाई एचिभमेन्ट' अवार्ड प्राप्त गरेकी छिन्।

समारोहमा नेपालका ख्याति प्राप्त शिक्षाविद्, विद्यालय सञ्चालक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कलेजले आफ्ना विद्यार्थीहरूको यो सफलतालाई उनीहरूको कडा परिश्रम, शिक्षकहरूको कुशल मार्गदर्शन र कलेजको गुणस्तरीय शैक्षिक वातावरणको प्रतिफलका रूपमा लिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

अवार्डका बारेमा बोल्दै ब्रिटिस एजुकेशन ग्रुपका 'हेड अफ स्कूल्स' राजन राईले भने, ‘ हामी ब्रिटिस मोडल कलेजमा सधैं उत्कृष्ट शैक्षिक संस्कृति र नवप्रवर्तनलाई प्रोत्साहन गर्छौं। हाम्रा विद्यार्थीहरूले विश्वव्यापी मञ्चमा प्रतिस्पर्धा गर्न सक्ने क्षमता देखाएका छन्। यी अवार्डहरूले उनीहरूको निरन्तर लगाव र हाम्रो संस्थाको दूरदृष्टिलाई प्रमाणित गरेको छ। हामी आगामी दिनमा पनि भविष्यका नेतृत्वकर्ताहरू उत्पादन गर्न प्रतिबद्ध रहनेछौँ।’

आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्डको बारेमा:

यो अवार्ड क्याम्ब्रिज इन्टरनेशनल परीक्षामा विश्वभरका उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रदान गरिन्छ। यसले विद्यार्थीहरूको शैक्षिक लगनशीलता र विषयवस्तुमाथिको दख्खललाई सम्मान गर्दै उनीहरूलाई थप उच्च शिक्षाका लागि प्रोत्साहित गर्दछ।

ब्रिटिस मोडल कलेज र दब्रिटिस कलेज काठमाण्डौले योगरिमामय मञ्च उपलब्ध गराई नेपाली विद्यार्थीहरूको क्षमतालाई पहिचान गरिदिएकोमा ब्रिटिस काउन्सिल सर्भिस नेपालप्रति आभार व्यक्त गरेको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.