आईतवार, जेष्ठ ३,२०८३ 03:52:57
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:52:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ट्रम्पले भने, ‘ईरानविरुद्ध सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको खबर गलत’

Laxmi Sunrise Bank Limited
ट्रम्पले भने, ‘ईरानविरुद्ध सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको खबर गलत’
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानविरुद्ध सम्भावित सैन्य कारबाहीबारे अमेरिकी सेनाध्यक्षले असहमति जनाएको भन्ने सञ्चारमाध्यमका रिपोर्टहरूलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनले यस्ता समाचारलाई शतप्रतिशत गलत भन्दै स्रोतविहीन र भ्रामक भएको दाबी गरेका छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म  ट्रुथ सोसल मार्फत जनरल ड्यानियल केन ईरानविरुद्धको युद्ध निर्णयको विरोधमा रहेको भन्ने दाबी निराधार रहेको स्पष्ट पारेका छन्। उनले जनरल केन युद्ध नचाहने बताए पनि आवश्यक परे सैन्य कारबाही प्रभावकारी रूपमा सम्पन्न गर्न सकिने धारणा राखेको उल्लेख गरे।

Bizshala
New Office
CG Motors

ट्रम्पका अनुसार जनरल केन मिडनाइट ह्यामर नामक अपरेशनको नेतृत्वमा संलग्न थिए, जसले ईरानको परमाणु समृद्धीकरण (एनरिचमेन्ट) कार्यक्रमलाई लक्षित गरेको थियो। उनले ईरानबारे प्रकाशित भइरहेका धेरैजसो समाचारहरू गलत र नियोजित रूपमा फैलाइएको भ्रम भएको टिप्पणी गरेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

राष्ट्रपति ट्रम्पले ईरानसँग समझदारीमार्फत समाधान खोज्न आफू इच्छुक रहेको जनाउँदै सम्झौता नभए त्यसको परिणाम ईरान र त्यहाँका नागरिकका लागि गम्भीर हुन सक्ने चेतावनी दिएका छन्। उनले ईरानी जनतालाई उत्कृष्ट मानिसहरू भन्दै उनीहरूमाथि प्रतिकूल अवस्था नआओस् भन्ने चाहना व्यक्त गरेका छन्।

हाल अमेरिका र ईरानबीच वार्ता जारी रहे पनि कुनै ठोस सहमति हुन सकेको छैन। अतिरिक्त सर्तहरूबारे दुवै पक्षबीच मतभेद कायम रहेको जनाइएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.