मंगलवार, जेष्ठ ५,२०८३ 11:20:56
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 11:20:56
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्रिय व्यवसायिक पहलको आयोजनामा निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
राष्ट्रिय व्यवसायिक पहलको आयोजनामा निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सम्पन्न
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) को आयोजनामा काठमाण्डौमा प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्बन्धी निर्वाचन पर्यवेक्षण अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । यस कार्यक्रममा पहलद्वारा खटाइएका पर्यवेक्षकहरूलाई मतदान प्रक्रिया, आचारसंहिता, प्रतिवेदन विधि लगायत विविध विषयमा अभिमुखिकरण प्रदान गरियो ।

कार्यक्रममा निर्वाचन पर्यवेक्षण अभियानप्रति संस्थाको प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष कुशकुमार जोशीले स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनका लागि नागरिक समाजको भूमिका अपरिहार्य रहेको बताए ।

Bizshala
New Office
CG Motors

पहलका प्रतिनिधिले अभिमुखिकरण प्रस्तुतीकरणमा निर्वाचन प्रणाली एफपीटीपी र पीआर, पर्यवेक्षणका चरणहरू, पर्यवेक्षकको योग्यता र दायित्व, मतदान दिनका अवलोकन बिन्दुहरू, गर्नुपर्ने र गर्न नहुने कार्यहरू, प्रतिवेदन पेश गर्ने प्रक्रिया तथा उल्लंघनका परिणामबारे विस्तृत जानकारी दिए । विगत निर्वाचनका अनुभव र सिकाइका आधारमा पर्यवेक्षकहरूलाई व्यावहारिक मार्गनिर्देशन पनि प्रदान गरियो ।

प्रस्तुतिकरणपछिको छलफल सत्रमा निर्वाचन केन्द्रमा पहुँच, फोटोग्राफीसम्बन्धी नियम, अनियमितता देखिएको अवस्थामा अपनाउनुपर्ने प्रक्रिया लगायत विभिन्न विषयमा चर्चा गरियो ।

Garima Development Bank
Shivam Cement
IME remit

पहलले विसं २०७० को संविधान सभाको निर्वाचनदेखि निरन्तर रूपमा प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहका निर्वाचनहरूमा राष्ट्रिय पर्यवेक्षण गर्दै आएको छ । यस पटक पनि देशभरका विभिन्न २१ जिल्लामा १०० जनाभन्दा बढी पर्यवेक्षकहरू मार्फत् निष्पक्ष तथा पारदर्शी निर्वाचन सुनिश्चित गर्न योगदान पुयाउने पहलको प्रतिबद्धता छ ।

राष्ट्रिय व्यवसायिक पहलले जिम्मेवार व्यावसायिक अभ्यास प्रवर्द्धन, संस्थागत सामाजिक उत्तरदायित्व, दिगो विकास, आचार संहिता निर्माण तथा परिपालना जस्ता संस्थाका आधारभूत मान्यतालाई निरन्तता दिँदै निजी क्षेत्रको क्षमता विकास, व्यवसाय तथा मानव अधिकार, विपद् व्यवस्थापन लगायत औद्योगिक व्यावसायिक वातावरण निर्माणमा सहयोग पुऱ्याउने समसामयिक विषयहरुमा नितिग वहस पैरवीमा सक्रिय हुँदै आईरहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X