मंगलवार, जेष्ठ ५,२०८३ 05:33:18
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 05:33:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

काठमाडौँमा रास्वपाको ‘क्लिन स्वीप’ संकेत, दशै क्षेत्रमा अग्रता

Laxmi Sunrise Bank Limited
काठमाडौँमा रास्वपाको ‘क्लिन स्वीप’ संकेत, दशै क्षेत्रमा अग्रता
Shivam Cement

काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौंका सबै १० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता लिँदै राजधानीमा ‘क्लिन स्वीप’ गर्ने संकेत देखिएको छ। गएरातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक परिणामले काठमाडौंमा रास्वपाको पक्षमा अभूतपूर्व लहर देखिएको हो।

Bizshala
New Office
CG Motors

काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना न्यौपाने स्पष्ट अग्रतासहित विजयउन्मुख देखिएकी छन्। उनले १० हजार ५ सय ८१ मत प्राप्त गर्दा नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ४ हजार ७ सय ३३ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र २ हजार ७ सय ४४ मतसहित तेस्रो स्थानमा छन्।

काठमाडौं–२ मा रास्वपाका सुनिल केसीले अग्रता कायम गरेका छन्। केसीले ४२४ मत प्राप्त गर्दा नेकपा एमालेका मणिराम फुँयालले २३६ मत ल्याएर पछ्याइरहेका छन्। नेपाली कांग्रेसका कबिर शर्माले १८९ र राप्रपाकी कुन्तिदेवी पोखरेलले ५७ मत प्राप्त गरेका छन्।

काठमाडौं–३ मा रास्वपाका राजुनाथ पाण्डे ४ हजार ६ सय ४९ मतसहित अगाडि छन्। उज्यालो नेपाल पार्टीका कुलमान घिसिङले ३ हजार ३ सय ४१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रमेश अर्यालले १ हजार ४ सय ८१ र नेकपा एमालेका रामेश्वर फुँयालले ९ सय ४९ मत प्राप्त गरेका छन्।

Garima Development Bank
Shivam Cement
IME remit

काठमाडौं–४ मा रास्वपाका पुकार बम ३ हजार ९ सय २२ मतसहित अग्रस्थानमा छन्। नेपाली कांग्रेसका सचिन तिमिल्सिनाले १ हजार ९५ मत ल्याएका छन् भने नेकपा एमालेका राजन भट्टराईले ९ सय ५६ मत प्राप्त गरेका छन्।

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेलले ३ हजार ७ सय मतसहित अग्रता कायम गरेका छन्। नेपाली कांग्रेसका प्रदीप पौडेलले १ हजार ७८ मत ल्याएका छन् भने नेकपा एमालेका ईश्वर पोखरेलले ६ सय ९९ मत प्राप्त गरेका छन्।

काठमाडौं–६ मा रास्वपाका शिशिर खनाल ४ हजार ६ सय ५४ मतसहित उल्लेख्य अग्रतामा छन्। उनका प्रतिस्पर्धी एमालेका अमनकुमार मास्के र नेपाली कांग्रेसका कृष्ण वानियाँ क्षेत्री हजार मतसम्म पनि पुग्न सकेका छैनन्।

काठमाडौं–७ मा रास्वपाका गणेश पराजुलीले ४ हजार ६ सय ७७ मतसहित फराकिलो अग्रता लिएका छन्। नेकपा एमालेका प्रकाश श्रेष्ठ र नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईंले हजार मत पनि कटाउन सकेका छैनन्।

काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ ७ हजार ६ सय १७ मतसहित विजयउन्मुख देखिएका छन्। नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र नेकपा एमालेका उम्मेदवारले भने हजार मत पनि पार गर्न सकेका छैनन्।

काठमाडौं–९ मा रास्वपाका डिपी अर्याल १ हजार ५ सय ५२ मतसहित अग्रतामा छन्। नेपाली कांग्रेसकी नानुमैयाँ बास्तोलाले २६१ मत ल्याएकी छन् भने नेकपा एमालेका अजय क्रान्ति शाक्यले १५२ मत प्राप्त गरेका छन्।

काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्टले ५ हजार ७ सय ६५ मतसहित फराकिलो अग्रता बनाएका छन्। नेपाली कांग्रेसका हिमाल कार्कीले १ हजार ७८ मत ल्याएका छन् भने नेकपा एमालेका विनोद श्रेष्ठले ७३१ मत प्राप्त गरेका छन्।

काठमाडौंका केही क्षेत्रमा मध्यरातदेखि नै मतगणना सुरु भएकाले आज साँझसम्म धेरै क्षेत्रको अन्तिम परिणाम आउने अनुमान गरिएको छ भने केही स्थानको नतिजा राति अबेर वा भोलि बिहानसम्म सार्वजनिक हुन सक्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.