सोमबार, फाल्गुन २५,२०८२ 06:52:00
Bizshala
  • सोमबार, फाल्गुन २५,२०८२ 06:52:00
Bizshala
Global IME Bank Limited

दैनिक २० मिलियन ब्यारेल कच्चा तेलको अभाव, कसरी चल्ला सवारी ?

Hyundai Nepal
दैनिक २० मिलियन ब्यारेल कच्चा तेलको अभाव, कसरी चल्ला सवारी ?
Shivam Cement

काठमाण्डौ । इरान र अमेरिकाबीच भइरहेको युद्धका कारण कच्चा तेलको मूल्यमा ठूलो वृद्धि भएको छ ।  

आजको कारोबारका कच्चा तेलको मूल्य प्रति ब्यारेल ११६ डलरभन्दा माथि पुगेको छ, जुन सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि पुगेको मूल्यभन्दा बढी हो ।  

यसरी कच्चा तेलको मूल्य ह्वात्तै बढ्नुको मुख्य कारण विश्वभर तेलको आपूर्ति कम हुनु हो । विज्ञहरूका अनुसार यदि पश्चिम एसियाको अवस्था सुधारिएन भने यसै महिनाको अन्त्यसम्ममा कच्चा तेलको मूल्य प्रति ब्यारेल १५० डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ ।

हर्मुजको खाडीमा तेल ट्यांकरहरूको आवतजावत बन्द भएपछि विश्व बजारमै दैनिक तेल आपूर्तिमा २० मिलियन बराबरको ब्यारेल गिरावट आएको छ । यो इतिहासमै सबैभन्दा ठूलो गिरावट मानिएको स्रोतको दाबी छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

ओपेक देशहरूमा कच्चा तेल उत्पादन गर्ने दोस्रो ठूलो देश इराकले समेत दैनिक उत्पादनमा ३ मिलियन ब्यारेल कटौती गर्ने घोषणा गरेको छ । इराकका अनुसार पर्याप्त भण्डारण क्षमता नभएका कारण ठूलो मात्राको कच्चा तेल कटौती गर्न लागेको हो । 

यसैबीच इरानले होर्मुजको खाडीबाट गुज्रने तेल ट्यांकरहरूलाई निशाना बनाउने धम्की दिएको छ । यसकारण साउदी अरब, कतार, यूएई, कुवैत र ओमान जस्ता देशहरूका लागि पनि तेल निर्यात गर्न कठिन भइरहेको स्रोतले जनाएको छ । साथै कुवैतले पनि तेल उत्पादनमा कटौती गर्ने घोषणा गरेको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

इरान र अमेरिकाबीचको युद्धका कारण विश्वमा दैनिक २० मिलियन ब्यारेल तेलको आपूर्ति घटेको छ । यसअघि इरानको क्रान्तिको समयमा सन् १९७८ मा विश्वव्यापी तेल आपूर्तिमा ५.५ मिलियन ब्यारेलको गिरावट आएको थियो । त्यसअघि सन् १९७३ मा पनि योम किप्पुर युद्धका कारण दैनिक तेल आपूर्ति ४५ लाख ब्यारेल घटेको थियो । त्यस्तै, सन् १९८० को दशकमा इरान–इराक युद्धका क्रममा दैनिक कच्चा तेल आपूर्ति ४० लाख ब्यारेल घटेको थियो ।

त्यसैगरी सन् २०२२ मा युक्रेन र रूसबीचको युद्धका कारण कच्चा तेलको दैनिक आपूर्ति २० लाख ब्यारेल घटेको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.