सोमबार, जेष्ठ ४,२०८३ 08:29:22
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 08:29:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मस्कलाई पछि पार्दै जुकरबर्ग भने विश्वको तेस्रो धनी व्यक्ति, शीर्ष १० मा अटाएनन् कुनै पनि भारतीय धनाढ्य

Laxmi Sunrise Bank Limited
मस्कलाई पछि पार्दै जुकरबर्ग भने विश्वको तेस्रो धनी व्यक्ति, शीर्ष १० मा अटाएनन् कुनै पनि भारतीय धनाढ्य
Shivam Cement

काठमाण्डौ । फेसबुकको माउ कम्पनी मेटाका संस्थापक मार्क जुकरबर्गले धनको मामिलामा टेस्लाका मालिक एलन मस्कलाई पछि पारेका छन् । जुकरबर्ग मस्कलाई पछि पार्दै विश्वको तेस्रो धनी व्यक्ति बन्न सफल भएका छन् । जुकरबर्गले सन् २०२० पछि यो स्थान हासिल गरेका हुन् ।  

ब्लुमबर्ग बिलिनियर्स सूचीका अनुसार एलन मस्क १८१ बिलियन डलर नेटवर्थका साथ विश्वको धनाढ्यको सूचीको चौथो स्थानमा झरेका छन् । मार्च महिनाको सुरुवातमा मस्क पहिलो स्थानमा थिए ।  

मार्क जुकरवर्गको सम्पत्ति भने १८७ बिलियन डलर पुगेको छ ।  

यो वर्ष एलन मस्कको सम्पत्तिमा ४८.४ बिलियन डलरको गिरावट आईसकेको छ । उता जुकरबर्गको सम्पत्ति भने ५८.९ बिलियन डलरले वृद्धि भएको छ ।  

हालै मात्रै टेस्लाले कम मूल्य भएका कार ल्याउने योजना रद्द गरेको जनाएको थियो । जसपश्चात कम्पनीको सेयरमूल्यमा गिरावट देखिएको छ । यस्तै यो वर्षको पहिलो ३ महिनामा टेस्लाको कार डेलिभरीमा पनि गिरावट आएको खबर बाहिरिएको थियो । जसपश्चात कम्पनीको सेयरमूल्य घट्न पुगेको छ ।  

Bizshala
New Office
CG Motors

यो वर्ष टेस्लाको सेयरमूल्यमा ३३.६२ प्रतिशतको गिरावट आईसकेको छ । अमेरिकी सेयर बजार एसएण्ड पी ५०० इन्डेक्समा यो वर्ष सबैभन्दा खराब प्रदर्शन गर्नेमा टेस्ला अग्र स्थानमा रहेको छ ।  

टेस्लाको विपरित मेटाको सेयरमूल्यमा यस वर्ष ५२.२८ प्रतिशतको उछाल आएको छ । एसएण्ड पी ५०० इन्डेक्समा यो वर्ष सबैभन्दा राम्रो प्रदर्शन गर्नेमा मेटा ५ औं स्थानमा छ ।  

यो सूचीको शीर्ष १० मा भारतका कुनै पनि धनाढ्य अटाउन सकेका छैनन् । रियालयन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वको धनाढ्यको सूचीमा ११ औं स्थानमा झरेका छन् । उनको कुल सम्पत्ति ११२ बिलियन डलर छ ।  

त्यस्तै अर्का भारतीय धनाढ्य गौतम अडाणी सूचीको १४ औं स्थानमा छन् । उनको कुल सम्पत्ति १०४ बिलियन डलरबराबर छ ।  

विश्वको धनाढ्यको पहिलो स्थानमा भने बनार्ड अर्नल्ड छन् ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.