काठमाण्डौ । अपि पावर कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा शिशिर भट्टराई नियुक्त भएका छन् ।
कम्पनीको चैत १६ गते बसेको संचालक समितिको बैठकले रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका वडा नं. ५ स्थायी ठेगाना भएका भट्टराईलाई नियुक्त गरेको हो ।
उनलाई चैत १७ गतेदेखि नै लागू हुनगेरी नियुक्त गरिएको हो ।

