शनिबार, जेष्ठ २,२०८३ 10:25:09
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 10:25:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सुगम क्षेत्रमा कार्यरत १४ जना विशेषज्ञ चिकित्सकलाई मूल दरबन्दीमा फिर्ता

Laxmi Sunrise Bank Limited
सुगम क्षेत्रमा कार्यरत १४ जना विशेषज्ञ चिकित्सकलाई मूल दरबन्दीमा फिर्ता
Shivam Cement

काठमाण्डौ । पहुँच र प्रभावको प्रयोग गरेर सहज स्थानका अस्पतालमा काज मिलाई बसेका विशेषज्ञ चिकित्सकहरू अब आफ्नै स्थायी दरबन्दी भएका अस्पतालमा फर्कनुपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले देशभर स्वास्थ्य सेवाको समान वितरण कायम गर्न र दुर्गम क्षेत्रहरूमा विशेषज्ञ चिकित्सकको अभाव हटाउने उद्देश्यले कडाइ अपनाएपछि पहिलो चरणमै नवौँ र दशौँ तहका १४ जना विशेषज्ञ चिकित्सकलाई उनीहरूको मूल कार्यस्थलमा फिर्ता पठाइएको हो ।

Bizshala
New Office
CG Motors

मन्त्रालयका अनुसार यो कदम दुर्गम जिल्लाका अस्पतालहरूमा विशेषज्ञ सेवा उपलब्ध गराउने, लामो समयदेखि प्रभावका आधारमा सहज स्थान रोज्ने प्रवृत्ति नियन्त्रण गर्ने तथा स्थानीय बासिन्दाले आफ्नै क्षेत्रमा गुणस्तरीय उपचार पाउने वातावरण सिर्जना गर्ने उद्देश्यले चालिएको हो ।

पहिलो चरणमा डडेलधुरा अस्पताल, वीरगञ्जस्थित नारायणी अस्पताल र सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताललाई प्राथमिकता दिँदै काजमा रहेका चिकित्सकहरूलाई फिर्ता गरिएको मन्त्रालयले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

निर्णयअनुसार डडेलधुरा अस्पतालमा ४ जना, नारायणी अस्पताल वीरगञ्जमा ५ जना र गजेन्द्र नारायण सिंह अस्पताल सप्तरीमा ५ जना विशेषज्ञ चिकित्सक फर्किएका छन् ।

फिर्ता गरिएका चिकित्सकहरूमा डा. रोहिता बज्राचार्य, डा. जोसनलाल बज्राचार्य, डा. विशालकुमार देव, डा. प्रकाश ढकाल, डा. सुशील समदर्शी, डा. सन्तोषकुमार गुप्ता, डा. मिसन्ता शर्मा, डा. नविनचन्द्र भट्ट, डा. सुयोग्य वाग्ले, डा. सोनीका धरी श्रेष्ठ, संजोग तिमिल्सिना, डा. अरुण ज्ञवाली, डा. मुकेश पौडेल र डा. दिपेश भट्टराई रहेका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.