मंगलवार, जेष्ठ ५,२०८३ 08:59:11
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 08:59:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अब सेयर किन्न-बेच्न समयको बन्देज हट्यो, जुनसुकै बेला अर्डर गर्न पाइने

Laxmi Sunrise Bank Limited
अब सेयर किन्न-बेच्न समयको बन्देज हट्यो, जुनसुकै बेला अर्डर गर्न पाइने
Shivam Cement

काठमाण्डौ । पुँजीबजारलाई थप सक्रिय र लगानीकर्तामैत्री बनाउन नयाँ नीतिगत कदम अघि सारिएको छ। अब नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजार बन्द भइसकेपछि पनि सेयर किनबेचका लागि अर्डर राख्न सकिने व्यवस्था लागू हुने भएको छ।

यो व्यवस्था लागू भएसँगै लगानीकर्ताले तोकिएको कारोबार समय कुर्नुपर्ने बाध्यता हट्नेछ। अब उनीहरूले आफ्नो अनुकूल समयमा नै खरिद वा बिक्री अर्डर प्रणालीमा प्रविष्ट गर्न सक्नेछन्।

Bizshala
New Office
CG Motors

यसका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र कारोबार सञ्चालनसम्बन्धी विनियमावली संशोधन गरी नेप्सेको प्रस्तावलाई स्वीकृति दिएको हो। सञ्चालक समितिबाट पारित उक्त निर्णय कार्यान्वयनको चरणमा प्रवेश गर्न लागेको छ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईंका अनुसार अब नियमित कारोबार समय सकिएपछि पनि अन्तिम कारोबार मूल्यको आधारमा अर्डर राख्न पाइनेछ। यसअघि भने बिहान १०:३० देखि मात्रै अर्डर राख्न पाइने र दिउँसो ३ बजेपछि अर्डर प्रविष्ट गर्न नपाइने व्यवस्था थियो।

नयाँ प्रणाली विशेषगरी समय अभाव हुने कर्मचारी, विदेशमा बस्ने नेपाली तथा गैरआवासीय नेपाली (एनआरएन) लगानीकर्ताका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

बजारका सरोकारवालाहरूले पनि यस कदमलाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूका अनुसार समयको सीमितताका कारण कारोबार गर्न नसक्ने लगानीकर्ताले अब सहज रूपमा सहभागिता जनाउन पाउनेछन्, जसले बजारमा तरलता र कारोबारको आकार दुवै बढाउनेछ।

अधिकारीहरूका अनुसार यस व्यवस्थाको मूल लक्ष्य सेयर कारोबारको दायरा विस्तार गर्नु, लगानीकर्ताको पहुँच बढाउनु र विदेशी लगानी आकर्षित गर्नु हो।

यो नीतिगत परिवर्तनसँगै नेपाली सेयर बजार थप गतिशील बन्ने र लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा वृद्धि हुने अपेक्षा गरिएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.