बुधबार, चैत्र २५,२०८२ 04:56:52
Bizshala
  • बुधबार, चैत्र २५,२०८२ 04:56:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ट्रम्पले भने, ‘इरानको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्नेछ’

Bizshala
ट्रम्पले भने, ‘इरानको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्नेछ’
Shivam Cement

काठमाण्डौ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको युद्धविरामपछि ईरानले अब आफ्नो पुनर्निर्माण सुरु गर्न सक्ने र यसमा अमेरिका पनि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् ।  

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत पोस्ट गर्दै भनेका छन्, ‘आज विश्व शान्तिका लागि ठूलो दिन हो। ईरान पनि यही चाहन्छ किनभने अब पर्याप्त भएको छ। बाँकी सबै राष्ट्रहरू पनि यही चाहन्छन्।’

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

उनले विशेष रूपमा होर्मुज स्ट्रेट मा यातायात समस्याको समाधानका लागि अमेरिका सहयोग गर्ने बताए र भने, ‘धेरै सकारात्मक कदम चालिनेछन् र यसबाट पर्याप्त आर्थिक अवसरहरू पनि सिर्जना हुनेछ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

ट्रम्पले थपे, ‘ईरान अब पुनर्निर्माण सुरु गर्न सक्छ। हामी हरेक आवश्यक सामग्री लिएर तयार हुनेछौं र त्यहाँ उपस्थित रहनेछौं ताकि सबै कुरा सुचारु रूपमा अघि बढोस्। मलाई विश्वास छ, यो मिडिल ईस्टका लागि सुनौलो समय बन्न सक्छ, जस्तै अमेरिका अनुभव गरिरहेको छ।’

यद्यपि, उनले अमेरिकाले आर्थिक सहयोग गर्ने वा नगर्नेबारे भने स्पष्ट पारेनन् । यसअघि ईरानले युद्धको क्रममा क्षतिग्रस्त संरचनाहरूको मुआब्जा माग्ने संकेत गरेको थियो।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.