काठमाण्डौ । Sipradi Trading Pvt. Ltd. ले नयाँ वर्ष २०८३ को अवसर पारेर ग्राहक लक्षित ‘नयाँ वर्ष शुभ एक्सचेन्ज’ योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ Tata Motors का गाडी खरिद गर्न सक्नेछन्। कम्पनीले चैत २७ गतेदेखि चैत ३० गतेसम्म विशेष एक्सचेन्ज क्याम्प सञ्चालन गर्ने जनाएको छ।
योजनाअन्तर्गत टाटा गाडी खरिद गर्ने ग्राहकहरूलाई लक्की ड्रमार्फत भारतमा हुने Indian Premier League (IPL) प्रत्यक्ष अवलोकन गर्ने अवसर प्रदान गरिनेछ।
कम्पनीका अनुसार यस अफरमा आकर्षक नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क एक्सेसरिज, एक वर्षको निःशुल्क सवारी कर, लाइफटाइम डीसी फास्ट चार्जिङ तथा होम चार्जिङ इन्स्टलेसनजस्ता विशेष सुविधाहरू समावेश गरिएको छ।
नयाँ वर्षलाई थप उत्साहपूर्ण बनाउने लक्ष्यसहित ल्याइएको यस योजनामार्फत ग्राहकहरूलाई आधुनिक, सुरक्षित र विश्वसनीय सवारीसाधनसँगै विशेष अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ।
इच्छुक ग्राहकहरूले देशभर रहेका टाटा मोटर्सका शोरुमहरूमा गई यस योजनाबारे थप जानकारी लिन सक्नेछन्।

