शनिबार, जेष्ठ २,२०८३ 01:51:00
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 01:51:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई बैंकले कमायो ४.४० अर्ब खुद नाफा, वितरणयोग्य मुनाफा ३ अर्ब माथि

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई बैंकले कमायो ४.४० अर्ब खुद नाफा, वितरणयोग्य मुनाफा ३ अर्ब माथि
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ४० करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ । बैंकले आर्जन गरेको उक्त नाफा अघिल्लो आवको तुलनामा २.९३ प्रतिशतले कम हो ।

अघिल्लो आवका सोही अवधिसम्म भने बैंकले ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा समेत सामान्य गिरावट आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १२ अर्ब ३१ करोड रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी घटेर ११ अर्ब ८८ करोडमा सीमित बनेको छ । बैंकको वितरणयोग्य मुनाफा समेत १५.३२ प्रतिशतले घटेर ३ अर्ब ५४ लाखमा खुम्चिएको छ । यो अवधिमा बैंकको लाभांश क्षमता १२. ०५ प्रतिशतबाट घटेर १०.५० प्रतिशतमा झरेको छ ।

Bizshala
New Office
CG Motors

विश्व भू–राजनीतिको प्रभाव र घरेलु व्यवसायिक वातावरण समेत प्रतिकुल बन्दा व्यवसायिकहरुको मनोबल न्यून रही बैंकहरुको ब्याजदर घटेर न्यूनतम अवस्थामा आईपुग्दा समेत बजारमा कर्जाको माग बढ्न सकेको छैन । यसै परिस्थितीका कारण बैंकको कर्जा विस्तार अपेक्षित मात्रामा हुन सकेको छैन बैंकको ब्याज आम्दानी तथा निष्कृत कर्जामा समेत नकारात्मक प्रभाव परेको देखिन्छ ।

यद्यपी बैंकमा रहेको अधिक तरलतालाई गुणस्तरीय लगानीमा लगाई बैंकको कर्जा निक्षेप अनुपातलाई सुधार गरी अधिकतम प्रतिफल प्राप्त गर्न बैंक प्रतिवद्ध रहेको देखिन्छ । बैंकको कर्जा निक्षेप अनुपात ७१.१३ प्रतिशत रहेको छ ।

यस्तै बैंकको रिर्टन अज इक्विटी ८.७१ प्रतिशत, खराब कर्जा अनुपात ४.९७ प्रतिशत र त्रैमासिक औषत आधारदर ४.९५ प्रतिशत रहेको छ । यो अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । बैंकको निक्षेप संकलन ५ खर्ब ५० अर्बबाट बढेर ६ खर्ब २६ अर्ब पुगेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

कर्जा प्रवाह समेत ४ खर्ब १० अर्ब बाट बढेर ४ खर्ब ३९ अर्ब पुगेको छ । बैंकले उत्पादनशील क्षेत्रका साथै साना तथा मझौला कर्जा प्रवाहमा समेत जोड दिदै बैंकमा रहेको अतिरित्त तरलताको उचित परिचलान गरी कर्जा निक्षेप अनुपातलाई सुधार गर्दै लैजाने रणनीति अबलम्बन गरेको छ ।

अघिल्लो आवमा २४ अर्ब ४५ करोड रुपैयाँ रहेको रिजर्भको आकार बढेर २६ अर्ब ९२ करोड पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) १५.४० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ३२.९८ रुपैयाँ, मूल्य आम्दानी अनुपात १५.४६ गुणा र तरलता अनुपात ४०.३९ प्रतिशत कायम भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.