आईतवार, जेष्ठ ३,२०८३ 05:04:53
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:04:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

निजी क्षेत्रको प्रवर्द्धन एवं संरक्षण गर्ने रणनीति कार्यान्वयन गर्नुपर्छ: अध्यक्ष ढकाल

Laxmi Sunrise Bank Limited
निजी क्षेत्रको प्रवर्द्धन एवं संरक्षण गर्ने रणनीति कार्यान्वयन गर्नुपर्छ: अध्यक्ष ढकाल
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सशक्तीकरण, नीतिगत स्थायित्व र तीव्र आर्थिक सुधारको आवश्यकता औँल्याएका छन्।

उद्घाटन मन्तव्यमा अध्यक्ष ढकालले महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई मुलुकको आर्थिक विकास, संघर्ष र साझेदारीको इतिहास भएको उल्लेख गरे। उनले महासंघले उद्योग, व्यापार र लगानी प्रवर्द्धन गर्दै निजी क्षेत्रको आवाज सशक्त बनाएको बताए।

उनले हालै गठन भएको झण्डै दुईतिहाइ बहुमतको सरकारबाट नीतिगत स्थायित्वको अपेक्षा गर्दै निजी क्षेत्र प्रवर्द्धन एवं संरक्षण रणनीति कार्यान्वयनले व्यवसायिक वातावरण सुधार हुने विश्वास व्यक्त गरे। ‘निजी क्षेत्रको मनोबल वृद्धि र सुरक्षाको प्रत्याभूति आवश्यक छ,’ उनले भने।

Bizshala
New Office
CG Motors

ढकालले नेपालमा रोजगारी सिर्जना चुनौतीपूर्ण रहेको उल्लेख गर्दै प्रत्येक वर्ष करिब पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने तर पर्याप्त रोजगारी सिर्जना हुन नसकेको बताए। उनले उच्च ज्यालासहितको रोजगारी र स्वदेशमै अवसर सिर्जना गर्न निजी क्षेत्रलाई अनुकूल वातावरण आवश्यक रहेको बताए।

विदेशी लगानी (एफडीआई) आकर्षित गर्न सुशासनलाई प्रमुख आधार मान्दै उनले प्रविधिको अधिकतम प्रयोग र पारदर्शितामा जोड दिए। ‘नागरिक एपमार्फत व्यवसाय दर्तादेखि सम्पूर्ण सेवा प्रवाह हुने व्यवस्था आवश्यक छ,’ उनले सुझाव दिए।

उनले नेपालमा ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै नयाँ चरणको आर्थिक सुधारमार्फत ती क्षेत्रको अधिकतम उपयोग गर्नुपर्ने धारणा राखे। साथै, स्वदेशी पूँजी परिचालनका लागि १० अर्ब रुपैयाँको लगानी कम्पनी स्थापना गरिएको जानकारी दिँदै यसले ठूला परियोजना सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

Garima Development Bank
Shivam Cement
IME remit

ढकालले विगतका राजनीतिक अस्थिरता, महामारी र प्राकृतिक विपत्तिका बाबजुद निजी क्षेत्रले अर्थतन्त्रलाई चलायमान राखेको उल्लेख गर्दै आगामी दिनमा निजी क्षेत्रले आर्थिक रूपान्तरणको नेतृत्व गर्नुपर्ने बताए।

कार्यक्रममा उनले सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिँदै सकारात्मक सोच र सिर्जनात्मक कार्यमार्फत समृद्ध नेपालको लक्ष्य हासिल गर्न सकिने विश्वास व्यक्त गरे।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.