सोमबार, मंसिर १५,२०८२ 08:19:12
Bizshala
  • सोमबार, मंसिर १५,२०८२ 08:19:12
Bizshala
Global IME Bank Limited

घरजग्गा कारोबार २.७१% ले घट्यो, ४.२१ अर्ब राजश्व संकलन

Hyundai Nepal
घरजग्गा कारोबार २.७१% ले घट्यो, ४.२१ अर्ब राजश्व संकलन
Shivam Cement

काठमाण्डौ । चैत महिनामा घरजग्गा कारोबार घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा घरजग्गा कारोबार २.७१ प्रतिशतले घटेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आवको ९ महिनामा देशभरका मालपोत कार्यालयबाट ४९ हजार ६१२ वटा घरजग्गा कारोबार भएको छ ।  

गत फागुन महिना भने ५० हजार ९९८ वटा घरजग्गा किनबेच भएको थियो ।  

विभागको तथ्याङ्क अनुसार चैतमा ४९ हजार घरजग्गा लिखित पारित हुँदा ३८ हजार ७४० वटा घरजग्गाको रोक्का र २९ हजार १५२ वटा घरजग्गाको फुकुवा भएको छ । यो अवधिमा १७ वटा अपार्टमेन्टको लिखित पारित भएको तथ्यांकमा देखिएको छ ।  

यो अवधिमा सबैभन्दा धेरै कारोबार सुनसरीमा भएको छ । चैतमा इनरुवा मालपोत कार्यालयबाट २ हजार ८२ लिखत पारित भएको छ । फागुनमा भने यो कार्यालयबाट २००६ लिखित पारित भएको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

त्यस्तै भद्रपुर मालपोत कार्यालयबाट १ हजार ८३५,जनकपुरबाट १ हजार ८२३,मोरङ १ हजार ७९९ र राजविराजबाट १ हजार ३०२ लिखत पारित भएको विभागले जनाएको छ ।  

काठमाण्डौ उपत्यकामा भने ललितपुरको लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा धेरै लिखत पारित भएको छ । यो कार्यालयबाट १ हजार २ वटा लिखित पारित भएको छ । त्यसपछि भक्तपुरबाट ९६९ वटा र कलंकी काठमाण्डौबाट ७३१ वटा लिखित पारित भएको छ ।

चैतमा देशभरका मालपोत कार्यालयबाट ४ अर्ब ३१ करोड रुपैयाँबराबरको राजश्व संकलन भएको छ । फागुनमा भने कुल ३ अर्ब ९५ करोड रुपैयाँ राजश्व संकलन भएको थियो ।  

चैत महिनामा लगनखेल मालपोत कार्यालयबाट सबैभन्दा धेरै राजश्व संकलन भएको छ । यो अवधिमा लगनखेल मालपोत कार्यालयबाट ४२ करोड ८६ लाख रुपैयाँबराबरको राजश्व संकलन भएको छ । 

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.