शनिबार, जेष्ठ २,२०८३ 09:50:44
Bizshala
  • शनिबार, जेष्ठ २,२०८३ 09:50:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने

Laxmi Sunrise Bank Limited
पर्यटन व्यवसायी लक्षित आठौं चिनियाँ भाषाको प्रशिक्षण सोमबारदेखि सुरु हुने
Shivam Cement

काठमाण्डौ। नेपालका पर्यटन व्यवसायीहरुलाई लक्षित गर्दै आठौं चिनियाँ भाषा कक्षाहरु आगामी सोमबारदेखि सञ्‍चालन हुने भएको छ । नेपाल पर्यटन बोर्डको सभाहलमा शुक्रबार पत्रकार सम्मेलन तथा चिनयाँ भाषा कक्षाको उद्घाटन समारोहमार्फत् नेपाल–चीनबीच पर्यटन तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित ‘नेपाली पर्यटन व्यवसायीहरूका लागि आठौं चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम’ सञ्‍चालन हुने जानकारी गराइएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सञ्चालन हुने छ महिने चिनियाँ भाषा प्रशिक्षणमा करिब ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारी सहभागी हुने भएका छन् । प्रशिक्षण कक्षाहरु यही वैशाख २८ गते सोमबार बेलुका ५ देखि ७ बजेसम्म कक्षाहरु सञ्‍चालन हुनेछन् ।

कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ, नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मत सिंह ऐर, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिश्चन्द्र साह, चिनियाँ सांस्कृतिक केन्द्रका प्रमुख लिउ चाङपिङ लगायत नेपाल पर्यटन बोर्डका पदाधिकारीहरु, पर्यटन क्षेत्रका प्रमुख तथा प्रतिनिधिहरुलगायतको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै पर्यटन मन्त्रालयका सचिव निरौलाले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे । उनले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गर्दै चिनियाँ भाषाको ज्ञानले विश्वकै ठूलो पर्यटन बजारसँग नेपाललाई जोड्ने बताए । ‘नेपाल भ्रमण गर्न चिनियाँ मित्रहरूलाई हार्दिक अनुरोध गर्दछु । पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्द्धनमा भाषाको योगदान अत्यन्त महत्वपूर्ण हुन्छ,’ उनले भने ।

Bizshala
New Office
CG Motors

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएको उल्लेख गर्दै चिनियाँ पर्यटकहरूको प्रमुख रोजाइको गन्तव्य बनेको बताए । उनले अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको जानकारी दिँदै काठमाण्डौ उपत्यकाका विश्व सम्पदा स्थल, लुम्बिनी र हिमाली पदयात्राले चिनियाँ पर्यटकलाई आकर्षित गरिरहेको बताए । ‘चिनियाँ भाषा तालिम कार्यक्रम चीन–नेपाल जनस्तरीय आदानप्रदानको महत्वपूर्ण कार्यक्रम बनेको छ,’ उनले भने, ‘यसले भविष्यमा चिनियाँ पर्यटकलाई नेपालको संस्कृति, जीवनशैली र सम्पदाका कथाहरू अझ प्रभावकारी रूपमा प्रस्तुत गर्न सहयोग गर्नेछ ।’

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले चिनियाँ भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे । उनले चीन नेपालका लागि महत्वपूर्ण पर्यटन साझेदार रहेको उल्लेख गर्दै चिनियाँ भाषाको ज्ञानले पर्यटक सेवा र आतिथ्य क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने बताए । ‘भाषाले संस्कृतिको अवरोध हटाएर अवसरको ढोका खोल्छ,’ उनले भने, ‘यस भाषा प्रशिक्षणले नेपाल–चीन जनस्तरीय सम्बन्धलाई अझ बलियो बनाउँदै पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।’

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिश्चन्द्र साहले सन् २०१६ देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको आठौं संस्करणसम्म आइपुग्दा २८० भन्दा बढी पर्यटन व्यवसायीले चिनियाँ भाषा प्रशिक्षण प्राप्त गरिसकेको जानकारी दिए । उनले प्रशिक्षणले पर्यटन उद्योग विकाससँगै दुई देशबीचको मित्रतालाई अझ मजबुत बनाएको बताए ।

‘यो कार्यक्रम भाषा सिकाउने मात्र नभई नेपाल र चीनबीच आदानप्रदान र मित्रताको पुल निर्माण गर्ने अभियान हो,’ उनले भने, ‘चिनियाँ भाषामा दक्षता नेपाली पर्यटन व्यवसायीका लागि आवश्यक सीप बन्दै गएको छ । चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमको अवधिभर सहभागीहरूले चिनियाँ भाषाको आधारभूत ज्ञानदेखि पर्यटक मार्गदर्शन, संवाद तथा व्यवहारिक प्रयोगसम्मका विषयमा प्रशिक्षण लिनेछन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.