आईतवार, जेष्ठ ३,२०८३ 08:44:46
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 08:44:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टेस्लाले १५ हजार कर्मचारी निकाल्ने, कम्पनीको वृद्धिका लागि आवश्यक रहेको मस्कको भनाई

Laxmi Sunrise Bank Limited
टेस्लाले १५ हजार कर्मचारी निकाल्ने, कम्पनीको वृद्धिका लागि आवश्यक रहेको मस्कको भनाई
Shivam Cement

काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कको कम्पनीको टेस्लाले विश्वभर १० प्रतिशत कर्मचारी कटौती गर्ने भएको छ । अमेरिकी न्यूज वेबसाइट इलेक्ट्रेकले यस्तो जनाएको हो ।  

ईभी कार निर्माण गर्ने टेस्लाले कारहरुको मागमा आएको कमीका कारण विश्वभर १० प्रतिशत कर्मचारी कटौती गर्ने योजना बनाएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

मार्केट भ्यालुका आधारमा विश्वको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी टेस्लाले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सन् २०२३ डिसेम्बरसम्म कम्पनीमा १ लाख ४० हजार ४७३ कर्मचारी कार्यरत छन् ।  

कम्पनीको कर्मचारी कटौती गर्ने निर्णयबाट लगभग १५ हजार जनाले रोजगारी गुमाउने छन् ।  

Bizshala
New Office
CG Motors

रिपोर्टका अनुसार टेस्लाका सीईओ एलन मस्कले कर्मचारीहरुलाई पठाएको ई–मेलमा केहि क्षेत्रमा ‘रोल्स एण्ड जब फङसन’ लाई दोहोराउनका लागि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ । 

मस्कले आन्तरिक मेमोमा कम्पनीको वृद्धिका लागि अघिल्लो चरणमा जान तयार रहेको र यसका लागि लागतमा कटौती र उत्पादन बढाउनका लागि हरसम्भव उपायहर अबलम्बन गरिने बताएका छन् ।  

उनले विश्वभर कम्पनीको कर्मचारीको संख्या १० प्रतिशतले कटौती गरिने समेत उल्लेख गरे ।  

टेस्लाले आगामी अप्रिल २३ मा त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दैछ । पहिलो त्रैमासमा कम्पनीको सवारी डेलिभरीमा गिरावट आएको थियो ।  -एजेन्सी

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.