शुक्रबार, असार १९,२०८३ 03:57:52
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 03:57:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

Laxmi Sunrise Bank Limited
‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । रिलायबल लाइफ इन्स्योरेन्स कोष प्रवद्धक र रिलायबल क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन गत वैशाख २९ गतेदेखि खुला छ ।

यो योजनाका इकाई खरिदका लागि जेठ १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर मागबमोजिम आवेदन प्राप्त नभएकाले यो योजनाको निष्कासन तथा बिक्री अवधि जेठ १२ गतेसम्मका लागि लम्बाइएको थियो । तर यसबीचमा माग भन्दा बढी आवेदन प्राप्त भएकाले जेठ १२ गते अगावै पनि इकाई बिक्री बन्द गरिन लागेको हो ।

New Office
CG Motors
Garima Development Bank

यो योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत १ करोड ४० लाख कोष प्रवद्धक रिलायबल लाइफ इन्स्योरेन्स र १० लाख इकाई योजना व्यवस्थापक रिलायबल क्यापिटललाई सुरक्षित राखि बाँकी रहने ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा रिलायबल क्यापिटल लिमिटेड रहेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.