सोमबार, जेष्ठ ४,२०८३ 02:57:42
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 02:57:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खल्ती सुरक्षा प्लसः रु.७६० मै ५.३० लाखको बीमा, स्वास्थ्य, दुर्घटना, जीवन बीमा साथै अन्य स्वास्थ्य सुविधा

Laxmi Sunrise Bank Limited
खल्ती सुरक्षा प्लसः रु.७६० मै ५.३० लाखको बीमा, स्वास्थ्य, दुर्घटना, जीवन बीमा साथै अन्य स्वास्थ्य सुविधा
Shivam Cement

काठमाण्डौ । वालेट ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘खल्ती सुरक्षा ‘प्लस’ नामक स्वास्थ्य सेवा प्याकेज उपलब्ध गराएको छ। मात्रै ७६० रुपैयाँबाट सुरु हुने यस प्याकेजमा प्रयोगकर्ताले ५ लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य, दुर्घटना,  र जीवन बीमा साथै १ लाख ५० हजार बराबरको विभिन्न हेल्थ केयर प्याकेज प्राप्त गर्न सक्नेछन्।

१८ वर्षदेखि ६० वर्षसम्मका प्रयोगकर्ताले ‘खल्ती सुरक्षा प्लस’ को सब्स्क्रिब्सन लिन सक्नेछन्। सब्स्क्रिब्सन लिएका प्रयोगकर्ताहरूले  जीवन बिमा स्वरूप २ लाख ५० हजार गम्भिर बिमारीको उपचार खर्च स्वरूप  ५० हजार र अस्पताल भर्ना, दुर्घटना तथा अन्त्येष्टि खर्च स्वरूप २ लाख ३० हजार रुपैयाँसम्म दाबी गरि कूल  ५ लाख ३० हजारसम्मको स्वास्थ्य सुरक्षा प्राप्त गर्न सक्नेछन्।  

Bizshala
New Office
CG Motors

यस लगायत प्रयोगकर्ताहरूले  ‘खल्ती सुरक्षा प्लस’ अन्तर्गत १ लाख ५० हजार रुपैयाँको आँखा, कपाल, छाला, सम्बन्धित स्वास्थ्य सेवाहरू को लाभ उठाउन सक्नेछन् ।  

यस बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्का भने,‘हालको समयमा बीमा सुबिधा लिनलाई झेल्नुपर्ने आर्थिक भारको चुनौतिका कारण धेरै प्रयोगकर्ताहरू आफ्नो स्वस्थ सुरक्षाबाट बन्चित रहेको अवस्थामा हामीले  मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्स सँगको सहकार्यमा ‘सुरक्षा प्लस’ नामक बजेट फ्रेन्ड्ली  स्वास्थ्य सुविधा प्याकेज उपलब्ध गराएका छौँ। अर्थका कारण आफ्नो स्वस्थ सुरक्षाबाट कोहि पनि बन्चित नहुन् भन्ने उदेश्यकासाथ  उपलब्ध गराएको यस प्याकेजमा वार्षिक अन्तर्गत ७६० रुपैयाँ प्रयोगकर्ताहरूले ५ लाख ३० हजार रुपैयाँको जीवन बीमा, स्वास्थ्य, दुर्घटना बीमा साथै अन्य स्वास्थ्य सेवाबाट लाभान्वित हनेछन्। साथै बीमा रकम दाबी  पनि सहज र सरल तरिकाले छोटो अवधिमै उपलब्ध हुनेछ ।’

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.