बुधबार, जेष्ठ ६,२०८३ 05:52:02
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 05:52:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा ३३% को कमी, ईपीएसमा पनि गिरावट

Laxmi Sunrise Bank Limited
कर्पोरेट डेभलपमेन्ट बैंकको नाफामा ३३% को कमी, ईपीएसमा पनि गिरावट
Shivam Cement

काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको खुद नाफामा ३३.०८ प्रतिशतको गिरावट आएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८७ लाख २४ कजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको सोहि अवधिसम्म बैंकले १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

बैंकको खुद ब्याज आम्दानी ६.९५ प्रतिशतले  बढेर ६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद सञ्चालन आम्दानी २२.४४ प्रतिशतले घटेर ३ करोड २६ लाख रुपैयाँमा सीििमत बनेको छ । समीक्षा अवधिसम्म बैंकको कर्मचारी खर्च १ करोड १९ लाख र अन्य सञ्चालन खर्च ६६ लाख ६३ हजार रुपैयाँ रहेको छ ।  

बैंकको रिटेन्ड अर्निङ ५ करोड ११ लाख रुपैयाँबाट घटेर ३ करोड ५१ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै बैंकको रिजर्भको आकार भने वृद्धि भएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १६ करोड ५ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर १७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । १ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि ३ करोड ६१ लाख रुपैयाँ छुट्टाएको बैंकको खराब बर्जा अनुपात ४.१८ प्रतिशतबाट बढेर ४.९५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१.६६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १४४.६७ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४२९.०८ रुपैयाँ,मूल्य आम्दानी अनुपात २५९.७७ गुणा र तरलता अनुपात ६१.८९ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी अघिल्लो आवमा २.६१ रुपैयाँ थियो । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X