मंगलवार, बैशाख १६,२०८२ 11:37:06
IME remit
  • मंगलवार, बैशाख १६,२०८२ 11:37:06
IME remit
Global IME Bank Limited

नास्ट आईटीको आयोजनामा ‘ल्याण्डमार्क इभेन्ट’ कार्यक्रमको आयोजना

Hyundai Nepal
नास्ट आईटीको आयोजनामा ‘ल्याण्डमार्क इभेन्ट’ कार्यक्रमको आयोजना
Nabil Bank Limited

काठमाण्डौ । नेपाल एशोएिसन सफ्टवेयर एण्ड आईटी सेवा कम्पनीहरू(नास्ट आईटी)ले ‘नेभिगेटिङ ग्रोथ’ स्टार्टअप इकोसिस्टम र एशिया प्यासिफिक विस्तारका लागि रणनीतिहरु शीर्षकको ग्राउन्ड ब्रेकिंग कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा विश्वभरिबाट सहभागी प्यानलिस्टहरूले विविध विशेषज्ञता र दृष्टिकोणलाई अघि सार्दै उक्त कार्यक्रमको स्वागत गरेका थिए ।    

उक्त कार्यक्रममा फुलभियो इन्सेरा (सीईओ र एमडी, मास्टरमाइन्ड समूह, अष्ट्रेलिया) प्रो. सीके फर्न (प्राध्यापक, राष्ट्रिय केन्द्रीय विश्वविद्यालय, चाइनिज ताइपेई),रुवान अमरसेकरा (सल्लाहकार, डिजिटल प्रविधि परिवर्तन, श्रीलंका), स्टेन सिंह (संस्थापक प्रमुख परामर्शदाता, आइरन हर्स एशिया) मलेशियाका प्रतिष्ठित प्यानलको उपस्थिती थियो ।    

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रतिनिधि, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, शिक्षाविद्सहित अन्य सर्वसाधारण सहभागि भएका थिए । कार्यक्रमले सम्बन्ध स्थापित गर्न र सम्भावित भविष्यको सहयोगलाई बढावा दिन उत्प्रेरकको रूपमा काम गरेको आयोजकले जनाएको छ ।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

नास्ट आईटीलेले  काठमाण्डौमा गरेको  प्रतिष्ठित एपीआईसीटीए एक्सको बैठक नेपालमा पहिलो पटक आयोजना गरिएको हो । जुन बैठकले एशिया प्रशान्त क्षेत्रमा फैलिएका १६ देशको प्रभावशाली एर्रेका प्राविधिक विज्ञहरूलाई सहभागि गराएको थियो । एशिया प्रशान्त आईसीटी गठबन्धन(अपिक्टा) सदस्य अर्थतन्त्रहरूबीच प्राविधिक आविष्कार र सहयोगलाई प्रोत्साहन गर्न समर्पित एक प्रमुख क्षेत्रीय संगठन हो।  

योङ इनोभेसनका कार्यकारी अध्यक्ष विभुषण विष्टले विज्ञतापूर्वक सञ्चालित प्यानल छलफलको साथ, सहभागीहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले महत्वपूर्ण विषयहरूमा छलफल गरी कार्यक्रम उत्कृष्ट रूपमा सफल भएको बताए । छलफल स्टार्टअप इकोसिस्टमहरू निर्माण गर्ने, स्टार्टअपहरू विस्तार गरेर सामना गर्ने चुनौतीहरू पार गर्ने, सफल वृद्धि रणनीतिहरू निर्माण गर्ने, क्षेत्रीय स्टार्टअपहरूको विजयबाट प्रेरणा लिने, बढ्दो क्षेत्रहरू र प्राविधिक प्रवृत्तिहरू पहिचान गर्ने, र रणनीतिक साझेदारी मार्फत नवीनतालाई उत्प्रेरित गर्नेमा केन्द्रित थियो ।

कार्यक्रममा नास्ट आईटीका उपाध्यक्षले नास्ट आईटी अवार्ड्सको सुरुवातको घोषणा गरेका छन् ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.