मंगलवार, श्रावण ५,२०८३ 04:28:50
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 04:28:50
Bizshala
Global IME Bank Limited

आँखुखोला जलविद्युतको वार्षिक साधारण सभा सम्पन्न

आँखुखोला जलविद्युतको वार्षिक साधारण सभा सम्पन्न
New Office

काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७ औं र १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको आज आईतबार सम्पन भएको १७ औं र १८ औं संयुक्त वार्षिक साधारण सभाले  

संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

त्यस्तै, सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसूचीहरु माथि छलफल गरी पारित गरेको छ ।

कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण समेत गरेको छ ।

नेपाल धितोपत्र वोर्डबाट हकप्रद सेयर निष्कासनको स्वीकृत लिई हकप्रद सेयर निष्कासन तथा बाँडफाँडको प्रकृया समेत पुरा गरी सो रकमबाट रु ४० करोड बैंक ऋण घटाइने भएको छ । नयाँ आयोजना गणेश हिमाल हाईडपावर लिमिटेडको आँखुखोला २ जलविद्युत आयोजनालाई छनौट गरी उक्त आयोजनामा विगतमा गरिएको प्रतिबद्धता वमोजिम लगानी गदै लगिएको छ ।

विगत १२ वर्ष अगाडि आँखुखोला १ जलविद्युत आयोजनाको सफलतापूर्वक निर्माण सम्पन्न गरी उत्पादित विद्युत राष्टिय प्रशारण लाइनमा जोडी सकिएको बताइएको छ ।

कार्यक्रममा कम्पनीका अध्यक्ष राम श्रेष्ठले आयोजनाको उपलब्धि, चुनौती र आगामी योजनाबारे धारणा राखे । अध्यक्ष श्रेष्ठले आँखुखोला जलविद्युत कम्पनीले ऊर्जा उत्पादन तथा विद्युत् क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताए ।

उनले कम्पनीको सफलतामा लगानीकर्ता, कर्मचारी, स्थानीय समुदाय तथा सरोकारवाला निकायहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा कम्पनीको सेवा, उत्पादन क्षमता र संस्थागत विकासलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले स्वच्छ ऊर्जाको उत्पादन वृद्धि र राष्ट्रिय ऊर्जा सुरक्षामा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण बन्दै गएको धारणा समेत राखे  ।

कार्यक्रममा कम्पनीका पदाधिकारी, कर्मचारी, शेयरधनी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सो अवसरमा कम्पनीको प्रगति, उपलब्धि र भावी योजनाबारे समेत जानकारी गराइएको थियो ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.