मंगलवार, श्रावण १२,२०८३ 02:57:51
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 02:57:51
Bizshala
Global IME Bank Limited

रियलमीद्वारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधासहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी नेपालमा सार्वजनिक

रियलमीद्वारा उत्कृष्ट प्रदर्शन र प्रिमियम सुविधासहितको पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी नेपालमा सार्वजनिक
New Office

काठमाण्डौ । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नयाँ सिरिजले उच्च प्रदर्शन, आकर्षक डिजाइन तथा नयाँ एआई अनुभव उपभोक्तामाझ ल्याउनेछ ।

नयाँ रियलमी पी३ अल्ट्रा फाइभजीमा डाइमेन्सिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ भने यसमा ६००० एमएएच् टाइटन ब्याट्री तथा ८० वाट अल्ट्रा चार्ज प्रविधि उपलब्ध रहेको छ, जसले छिटो र प्रभावकारी चार्जिङ अनुभव प्रदान गर्छ । ७ दशमलव ३८ मिलिमिटर अल्ट्रा स्लिम डिजाइन तथा ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा आईपी ६९ स्तरको पानी प्रतिरोधी सुविधा रहेको छ ।

यसमा १ दशमलव ५ के क्वाड–कभ्र्ड एमोलेड डिस्प्ले तथा ओआईएस सहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेरा जडान गरिएको छ ।

साथै, ६०५० वर्ग मिलिमिटर एरोस्पेस भीसी कुलिङ प्रणाली, १२ जिबी र्याम, २५६ जिबीसम्म स्टोरेज, जीटी बुस्ट, रियलमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर तथा एन्टेना एरे म्याट्रिक्स जस्ता विशेषता समावेश गरिएको छ ।

रियलमी पी३ अल्ट्रा फाइभजी (१२ जिबी + २५६ जिबी) ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रंगमा रु. ६५ हजार ९९९ मा उपलब्ध हुनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.