बिहीबार, असार १८,२०८३ 12:52:10
Bizshala
  • बिहीबार, असार १८,२०८३ 12:52:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आईएमई लाइफद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

Laxmi Sunrise Bank Limited
आईएमई लाइफद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फेलोसिप सोसाइटी नेपाललाई रु. ५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोगबाट देशका विभिन्न विद्यालयमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरूका लागि अत्यावश्यक ब्रेल कागज, स्लेट तथा स्टाइलस,कम्प्युटर तथा स्क्रीन रिडर सफ्टवेयरजस्ता शैक्षिक सामाग्रीहरु उपलब्ध गराइनेछ ।

आईएमई लाइफ इन्स्योरेन्सको सहयोगबाट लोलांग काठमाण्डौ, दाङ र सुर्खेतका तीन विद्यालयका विद्यार्थीहरू लाभान्वित हुनेछन् । कम्पनीको यो सहयोगले उक्त विद्यालयहरुमा अध्ययनरत दृष्टिविहीन बालबालिकाहरुको शिक्षामा सहज पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ ।

New Office
CG Motors
Garima Development Bank

समावेशी शिक्षा र समान अवसर समाज विकासको महत्वपूर्ण आधार भएको विश्वास गर्दै कम्पनीले यस्ता सामाजिक कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । दृष्टिविहीन विद्यार्थीलाई आवश्यक शैक्षिक सामाग्री उपलब्ध गराउँदा उनीहरुको शैक्षिक उपलब्धि तथा आत्मविश्वासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

फेलोसिप सोसाइटी नेपालले सन् २००० देखि नै दृष्टिविहीन बालबालिकाको शिक्षा र अधिकारका क्षेत्रमा कार्य गर्दै आएको छ । संस्थाको अनुभव र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।

‘इन्स्योरिङ फ्युचर’ को मूल मन्त्रलाई आत्मसात गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.