मंगलवार, असार १६,२०८३ 03:22:52
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:22:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सेयरबजारको एक–एक घण्टाको सूचक हेरेर होइन, दूरगामी उद्देश्य राखेर काम गरिरहेका छौँ: अर्थमन्त्री

Laxmi Sunrise Bank Limited
सेयरबजारको एक–एक घण्टाको सूचक हेरेर होइन, दूरगामी उद्देश्य राखेर काम गरिरहेका छौँ: अर्थमन्त्री

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयरबजारको क्षणिक अवस्था हेरेर पूँजीबजारको नीति निर्माण नगर्ने बताएका छन् । अर्थमन्त्री वाग्लेले आज संघीय संसदको प्रतिनिधि सभामा आर्थिक विधेयकमाथि सैद्धान्तिक छलफलका क्रममा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिदैँ एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने र नीतिगत व्यवस्थामा काम गर्ने बताएका हुन् ।

उनले भनने ,‘एक÷एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ । हामी युग युगको लागि दूरगामी नीतिहरूमा काम गरिरहेका छौँ ।’

New Office
CG Motors
Garima Development Bank

उनले हाल पूँजीबजारमा बीमा र सेयरबजारसँग सम्बन्धित एक खर्बभन्दा बढी बिगोको मुद्दा चहिलरको बताए र यसले कतिपय लगानीकर्ता आफूपनि त्यसमा तानिने त्रासमा भएको उल्लेख गरे । तर सरकार।ले हालै सार्वजनिक बजेटमा भएका व्यवस्थाका कारण बजारमा बिस्तारै नतिजा आउन थालेपछि भने लगानीकर्ताको आत्मबल बढ्ने र बजारमा सकारात्मक प्रभाव पर्ने समेत उनले दाबी गरे ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘भर्खरै एक खर्बभन्दा बढीको बिगो मागेर मुद्दा चलिरहेको छ। त्यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केट थियो। यो अनुसन्धानको दायरा बढ्दै जाँदा म पनि पर्छु कि ? हामी पनि तानिन्छौं कि भन्ने एउटा भय त्रास केही लगानीकर्तामा भएको हुनसक्छ’ उनले भने ।

उृनले थपे, ‘तर बजेटको जुन लक्ष्य हो, जुन दिशा तय भएको छ यसको नतिजा आउन थालेपछि निजी क्षेत्र अत्यन्तै उत्साहित भएर अगाडि बढ्छ भन्ने हाम्रो विश्वास छ।’

उनले निजी क्षेत्रलाई उकास्ने खालको बजेट आएको समेत दाबी गरे । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.