आईतवार, असार १,२०८२ 11:32:15
  • आईतवार, असार १,२०८२ 11:32:15
Global IME Bank Limited

विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, ९ महिनामा ७ हजार ईभी गाडी भित्रियो

Hyundai Nepal
विद्युतीय सवारी प्रयोगकर्ता बढ्दै, ९ महिनामा ७ हजार ईभी गाडी भित्रियो
Nabil Bank Limited

काठमाण्डौ । चालु आर्थिक वर्षको ९ महिनामा नेपालमा ७ हजार वटा विद्युतीय सवारी (ईभी गाडी) भित्रिएका छन् । भन्सार विभागका अनुसार आव २०८०/८१ को चैत मसान्तसम्म कुल ७ हजार ९३ वटा ईभी गाडी भित्रिएका हुन् ।  

गत वर्षको तुलनामा ईभी गाडी १८९.३९ प्रतिशत बढीले भित्रिएको छ । गत आवको यस अवधिसम्म नेपालमा कुल २ हजार ४५१ वटा सवारी भित्रिएका थिए ।  

पछिल्लो समय नेपालमा ईभी गाडी प्रयोगकर्ता बढेसँगै डिमाण्ड समेत बढ्दो छ । नेपाल विद्युत प्राधिकरणले समेत ईभी गाडी प्रयोगकर्ताको संख्या बढाउनलाई देशका विभिन्न क्षेत्रमा चार्जिङ स्टेशन समेत विस्तार गर्दै आइरहेको छ ।  

चालु आवको चैत मसान्तसम्म कुल १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँको ईभी गाडी नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । यो रकम गत आवको यस अवधिसम्मको तुलनामा १५५.७५ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तसम्म ६ अर्ब ८४ करोड रुपैयाँ बराबरको ईभी गाडी नेपाल भित्रिएको थियो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नेपालको अर्थतन्त्र विस्तार सुधार भएसँगै विद्युतीय सवारी साधन प्रयोग गर्नेको संख्या बढ्दै गइरहेको छ । विद्युत प्राधिकरणले समेत मुलुकलाई वायु प्रदुषणमुक्त बनाउन र इन्धन खपत घटाउन विद्युत सवारी साधन प्रयोगमा जोड दिदै आइरहेको छ । प्राधिकरणले नेपालको सय भन्दा बढी ठाउँमा चार्जिङ स्टेशन स्थापना गरिसकेको छ ।  

पछिल्लो समय नेपाली अटो बजार ईभीमय बन्दै गएको छ । आवश्यक पूर्वाधार बन्दै गएपछि विद्युतीय सवारी साधन प्रयोगकर्ता पनि बढ्न थालेको प्राधिकरणले जनाएको छ ।  

भन्सार विभागका अनुसार चालु आवमा ६ वटा देशबाट कुल ७ हजार ९३ वटा विद्युतीय सवारी भित्रिएका हुन् । विद्युतीय सवारीमा बढी दुईपाङ्ग्रे सवारी बाईक र स्टकु भित्रिएको विभागले जनाएको छ ।  

विभागका अनुसार सबैभन्दा बढी छिमेकी राष्ट्र चीबाट विद्युतीय सवारी भित्रिने गरेको छ । नेपालमा इन्धनको मूल्य बढ्दै जाँदा विद्युतीय सवारी साधन खरिद गर्नेको संख्या समेत बढ्न थालेको भन्सार विभागले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.