बुधबार, असार १७,२०८३ 09:35:25
Bizshala
  • बुधबार, असार १७,२०८३ 09:35:25
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द

Laxmi Sunrise Bank Limited
चितवन राष्ट्रिय निकुञ्जभित्रको जङ्गल सफारी सेवा आजदेखि बन्द

काठमाण्डौ । चितवन राष्ट्रिय निकुञ्ज भित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको छ। वर्षायामका कारण सम्भावित प्राकृतिक जोखिम तथा वन्यजन्तुको संरक्षणलाई मध्यनजर गर्दै निकुञ्ज प्रशासनले उक्त निर्णय गरेको हो।

वर्षायाममा भलबाढी आउने, रुख ढलेर वनपथ अवरुद्ध हुने, कच्ची सडक बिग्रिने तथा जङ्गलभित्रका साना खोला–खोल्सीमा पानीको बहाव बढ्ने भएकाले पर्यटकको सुरक्षालाई ध्यानमा राखी सफारी सेवा स्थगित गरिएको जनाइएको छ।

New Office
CG Motors
Garima Development Bank

वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि पनि उपयुक्त समय भएकाले तिनको प्राकृतिक बासस्थानमा अनावश्यक अवरोध नहोस् भन्ने उद्देश्यले समेत सफारी बन्द गरिएको हो ।

निकुञ्जले हरेक वर्ष वर्षायाममा जङ्गल सफारी सेवा बन्द गर्ने परम्परा रहेको छ। मौसममा सुधार आएपछि, सामान्यतया दसैँ आसपास, अवस्था मूल्याङ्कन गरी सेवा पुनः सञ्चालन गरिने निकुञ्जले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यद्यपि, निकुञ्जभित्रको जङ्गल सफारी बन्द भए पनि सामुदायिक वन क्षेत्रमा सञ्चालन हुने जीप सफारी भने नियमित रूपमा जारी रहनेछ। सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासी क्षेत्रबाट सञ्चालन हुने जीप सफारीमार्फत पर्यटकले सामुदायिक वन क्षेत्रमा भ्रमण गर्न सक्नेछन्।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.