बुधबार, असार १८,२०८२ 05:07:07
  • बुधबार, असार १८,२०८२ 05:07:07
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पिडितलाई राहत सामाग्री वितरण

Hyundai Nepal
महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पिडितलाई राहत सामाग्री वितरण
Nabil Bank Limited

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आगलागी पिडितलाई राहत सामाग्री वितरण गरेको छ । बैंकले गत वैशाख १२ गते बुधबार महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा आगलागिका कारण घरबार विहीन भएका १५० घर परिवारका लगभग ५४५ जनाका लागि राहत सामाग्री वितरण गरेको हो ।

बैंकले राहत वितरण गर्ने उदेश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रहीे २ लाख ५० हजार रुपैँयाबराबरको ७५० केजी आटा, ७५० केजी चामल, ७५ केजी दाल, ७५ लिटर तेल, १५० प्याकेट नुन, ४५० वटा नुहाउने र लुगा धुने साबुन र १५० काटुन चाउचाउलगायतका खाद्यान्नहरु सहयोग गरेको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

बुधबार मटिहानी नगरपालिका वडा नं ६ मा लागेको उक्त आगोले १०० भन्दा बढी घर पूर्णरूपमा जलेर खरानी भएका छन् भने ५० जतिअन्य घरमा क्षति पुगी १५ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ ।  

वैशाख १५ गते मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डल र बैंकको मधेस प्रादेशिक कार्यालयका प्रमुख सुदिप चन्द« पोखरेलले जनकपुर शाखाका कर्मचारीहरुको सहभागितामा पिडित परिवारहरुलाई उक्त राहत सामाग्री हस्तान्तरण गरेका हुन् । बैंकले प्रदान गरेको सहयोगले यस असहज परिस्थितिमा उक्त परिवारहरुको आधारभूत आवश्यकता पूरा गर्न थोरै भएपनि सहयोग पुग्ने विश्वास लिइएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.