आईतवार, जेष्ठ ३,२०८३ 10:51:58
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 10:51:58
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सामान्य सुधार, नवीकरणबाटै ८०.४९% बीमाशुल्क आर्जन

Laxmi Sunrise Bank Limited
जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सामान्य सुधार, नवीकरणबाटै ८०.४९% बीमाशुल्क आर्जन
Shivam Cement

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिन थालेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नवीकरणकै भरमा चलेको जीवन बीमा कम्पनीहरुको व्यवसाय तेस्रो त्रैमाससम्म आईपुग्दा प्रथम बीमाशुल्क आर्जन २.१८ प्रतिशतले वृद्धि भएको छ ।  

चालु आवको चैत मसान्तसम्म जीवन बीमा कम्पनीहरुले २१ अर्ब ४६ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् । देशको अर्थतन्त्रमा सामान्य सुधार देखिन थालेपछि नयाँ व्यवसायमा सामान्य सुधार देखिन थालेको बीमकहरु बताउँछन् ।

गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले २१ अर्ब ५२ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका थिए । तेस्रो त्रैमाससम्म आईपुग्दा ६ वटा जीवन बीमा कम्पनीको नयाँ व्यवसायमा सुधार देखिएको छ भने ८ वटा बीमकको व्यवसाय गत आवको तुलनामा घट्न पुगेको छ ।  

चैत मसान्तसम्म सर्वाधिक नयाँ व्यवसाय भित्राउनेमा नेपाल लाइफ रहेको छ । कम्पनीले सो अवधिसम्म ४ अर्ब ८१ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, नेशनल लाइफले पनि ३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेर दोस्रो स्थान कायम गर्न सफल भएको छ ।  

चौथोमा हिमालयन लाइफले १ अर्ब ६४ करोड, सुर्यज्योति लाइफले १ अर्ब ५५ करोड, एलआइसी नेपाललले १ अर्ब ५० करोड, सिटिजन लाइफले १ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको छ ।  

नयाँ व्यवसाय बढाउन नेशनल लाइफ अब्बल

गत आवको तुलनामा यस अवधिसम्म आधा जसो बीमा कम्पनीको नयाँ व्यवसाय बढेको छ, भने आधा जसो कम्पनीको घटेको छ । सर्वाधिक नयाँ व्यवसाय बढाउनमा नेशनल लाइफ अब्बल देखिएको छ ।  

गत आवको तेस्रो त्रैमाससम्म २ अर्ब ६२ करोड रपैयाँ प्रथम बीमाशुल्क संकलन गरेको कम्पनीले चालु आवको यस अवधिसम्म २३.२० प्रतिशतले बढाएर ३ अर्ब २२ करोड रुपैयाँ प्रिमियम नयाँ व्यवसायमार्फत भित्राएको छ ।  

त्यस्तै, नेपाल लाइफको १८.५० प्रतिशत, एशियन लाइफको १५.३७ प्रतिशत, आइएमई लाइफको ७.३५ प्रतिशत, मेट लाइफको ४.३३ प्रतिशत र सिटिजन लाइफको १.१० प्रतिशतले नयाँ व्यवसाय बढेको छ ।  

त्यस्तै, सर्वाधिक घट्नेमा सन नेपाल लाइफ रहेको छ । कम्पनीको नयाँ व्यवसाय गत आवको तुलनामा २३.४१ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफको २१.०८ प्रतिशत, सुर्यज्योति लाइफको १७.२४ प्रतिशत, एलआइसी नेपालको ८.७० प्रतिशत, राष्ट्रिय जीवन बीमा कम्पनीको ८.९८ प्रतिशत, हिमालयन लाइफको ७.५० प्रतिशत, रिलायबल नेपाल लाइफको ६.०२ प्रतिशत र सानिमा रिलायन्स लाइफको ०.२६ प्रतिशतले व्यवसाय खस्किएको छ ।  

अझै पनि नवीकरणकै भरमा बीमा कम्पनीको व्यवसाय

जीवन बीमा कम्पनीहरुले तेस्रो त्रैमाससम्म १ खर्ब १० अर्ब ८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । जसमध्ये ८०.४९ प्रतिशत बीमाशुल्क नवीकरणमार्फत संकलन भएको छ ।  

चैत मसान्तसम्म जीवन बीमा कम्पनीले ८८ अर्ब ६१ करोड रुपैयाँ नवीकरबाटै उठाएका छन् । कुल व्यवसायको ८०.४९ प्रतिशत हिस्सा नवीकरणमार्फत संकलन भएको छ, भने बाँकी १९.५१ प्रतिशत व्यवसाय प्रथम बीमाशुल्कमार्फत संकलन भएको छ ।  

Bizshala
New Office
CG Motors

यस आधारमा अझै पनि बीमा कम्पनीहरुको व्यवसाय नवीकरणकै भरमा चलेको छ । यसअघिको महिनासम्ममा अधिकांश जीवन बीमा कम्पनीको नयाँ व्यवसाय धरापमा रहेको थियो । नवीकरणमार्फत आर्जन भएको बीमा शुल्कबाटै अधिकांश बीमा कम्पनीको व्यवसाय चलेको थियो ।  

यस अवधिसम्म आइपुग्दा राष्ट्रिय जीवन बीमा कम्पनी बाहेक सबै कम्पनीको नवीकरण बीमाशुल्क आर्जन बृद्धि भएको छ । गत आवको तुलनामा जीवन बीमकहरुले ५.८४ प्रतिशतले नवीकरण बीमाशुल्क बढाएका छन् । गत आवको यस अवधिसम्म ८३ अर्ब ७२ करोड रुपैयाँ नवीरकणबाटै बीमाशुल्क भित्रिएको थियो ।  

विस्तारै अर्थतन्त्र सुधार हुदै गएकाले जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार देखिन समय लाग्ने जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बताए । ‘अर्थतन्त्र सुधार हुँदै गर्दा बन्द भएका उद्योग, कलकारखानाहरु सञ्चालनमा आउन थालेका छन्, रोजगारीको अवसरहरु सिर्जना भएका छन्’ पौडेलले भने, ‘देशको आर्थिक अवस्थामा सुधार देखिए पनि जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा सुधार आउन अझै केही समय लाग्न सक्छ ।’

नेपाल बीमा प्राधिकरणले समेत बीमाको दायरामा जनसंख्या प्रतिशत बढाउन विभिन्न निकायहरुसँग समन्वय गरी बीमा सचेतना सम्बन्धी कार्यक्रहरु गर्दै आइरहेको छ । बीमा जागरण तथा सो सम्बन्धी जनचेतामूलक कार्यक्रमहरु निरन्तर गरेमा बीमा गर्नेहरुको संख्या बढ्न सक्ने पौडेलको भनाई छ ।  

 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.