बीमा दाबी भुक्तानीमा नयाँ पोलिसी किन्न बाध्य पार्ने बीमक कारबाहीमा पर्ने
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी तथा लघु जीवन बीमा कम्पनीहरूलाई दाबी भुक्तानीका क्रममा सेवाग्राहीलाई अर्को बीमालेख खरिद गर्न कुनै पनि प्रकारको अनुचित दबाब नदिन निर्देशन दिएको छ ।प्राधिकरणले सबै जीवन बीमा कम्पनीहरुलाई सूचना जारी गर्दै वैदेशिक रोजगार म्यादी जीवन बीमा तथा अन्य जीवन बीमाको दाबी भुक्तानी गर्दा केही बीमकहरूले पुनः अर्को बीमालेख खरिद गर्न...

