मंगलवार, जेष्ठ ५,२०८३ 12:27:24
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:27:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अन्ततः बीमा प्राधिकरणको अध्यक्षमा देउवाका पुरोहितका छोराले मारे बाजी

Laxmi Sunrise Bank Limited
अन्ततः बीमा प्राधिकरणको अध्यक्षमा देउवाका पुरोहितका छोराले मारे बाजी
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका निजी पुरोहितका छोराले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा बाजी मारेका छन् ।  

देउवाका निजी पुरोहितका छोरा तथा पत्रकार शरद ओझालाई आज बसेको मन्त्रिपरिषद बैठकले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको हो । 

Bizshala
New Office
CG Motors

ओझा आर्थिक क्षेत्रमा सक्रिय पत्रकारिता गरिरहेका व्यक्ति हुन् । उनलाई देउवा परिवारको दवाबमा प्राधिकरणको अध्यक्ष बनाइएको हो ।  

प्रतिस्पर्धामा रामशरण पूडासैनी र दामोदर बसौलाको नाम सिफारिस समितिले सरकारलाई सिफारिस गरेको थियो । प्राधिकरणको तत्कालीन अध्यक्ष सूर्यप्रसाद सिलवाललाई भ्रष्टाचार आरोप लागेपछि रिक्त रहेको पदमा आवेदन आह्वान गरिएको थियो । 

Garima Development Bank
Shivam Cement
IME remit

आवेदन दिएको समयदेखि ओझालाई प्राधिकरणको अध्यक्ष बनाउने चर्चा थियो ।  

पूर्वयोजनाअनुसार नै कांग्रेसको भागमा परेको प्राधिकरणको अध्यक्षमा ओझा नियुक्त भएका हुन् ।  

बीमा प्राधिकरण(पहिलाको बीमा समिति)को अध्यक्षको रुपमा नियुक्त हुने ओझा हालसम्मकै कान्छो व्यक्ति पनि हुन् ।  ३३ वर्षीय ओझाले ब्यबस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन् ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि प्रकाशित सम्बन्धित समाचार :

  1. बीमा प्राधिकरण अध्यक्षमा ५ नाम सर्टलिस्टेड, अर्थमन्त्रीका साथी र देउवाका पुरोहितका छोराबीच अन्तिम भिडन्त हुनसक्ने
  2. बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ३ जनाको नाम सिफारिस, ओझा र पूडासैनीमध्ये एकजना बन्ने सम्भावना उच्च

 

 

 

Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.