बुधबार, जेष्ठ ६,२०८३ 11:51:20
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 11:51:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बीमा कम्पनीको सञ्चालक र सीईओको योग्यताको परीक्षण गर्दै प्राधिकरण

Laxmi Sunrise Bank Limited
बीमा कम्पनीको सञ्चालक र सीईओको योग्यताको परीक्षण गर्दै प्राधिकरण
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उपयुक्तता परीक्षणका लागि विस्तृत अध्ययन सुरु गरेको छ ।  

प्राधिकरणले ऐन, कानूनमा भएको व्यवस्थाबमोजिम बीमा कम्पनीका सञ्चालक र सीईओहरुको योग्यताको परीक्षण गर्न लागेको हो ।  

प्राधिकरणले गत असार २१ गते पत्र जारी गर्दै उपयुक्तता परीक्षण गर्ने प्रयोजनका लागि बीमकका सञ्चालक र सीईओको उपयुक्तता परीक्षण फारम संलग्न गरिएको जनाएको छ ।  

बीमा कम्पनीका सञ्चालक तथा सीईओको योग्यता र अयोग्यताका सम्बन्धमा बीमा ऐन, २०७९ को दफाहरु ४७, ४९, ५० र ५७ मा रहेको र बीमकको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतबाट फारमभरी सम्बन्धित फाइलमा राख्न प्राधिकरणले बीमकहरुलाई निर्देशन दिएको छ ।  

प्राधिकरणले ऐनमा भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन बीमकहरुलाई पत्र जारी गर्दै सञ्चालक र सीईओको उपयुक्तता परीक्षण गर्न लागेको प्राधिकरणका उप निर्देशक शाम्भाराज लामिछानेले बताए ।  

‘बीमा ऐनमा भएको व्यवस्थालाई प्राधिकरणले कार्यान्वयनमा ल्याउन लागेको हो’ उनले भने, ‘प्राधिरणले जसरी पनि सञ्चालक र सीईओको उपयुक्तता परीक्षण गर्नै पर्थ्यो, सोहीबमोजिम हामीले बीमकहरुलाई ढाँचा मात्रै देखाइदिएको हो ।’

बीमा ऐन, २०७९ को दफा ४९ बमोजिम बीमा कम्पनीको सञ्चालक हुन विदेशी वा स्वदेशी बीमक, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रका संगठित संस्थाको सञ्चालक वा पदाधिकारी तहमा वा सरकारी सेवा वा संगठित संस्थाको अधिकृतस्तरमा कम्तीमा ५ वर्ष काम गरेको हुुनुपर्ने व्यवस्था छ ।  

साथै कुनै पनि विषयमा स्नातकोपाधी हासिल गरेको र विदेशी वा स्वदेशी बीमा, बैंक वा वित्तीय संस्था वा सम्बन्धित क्षेत्रको संगठित संस्थाको अधिकृत स्तरमा कम्तीमा ३ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था छ ।  

यसका साथै चार्टर्ड एकाउन्टेन्सी गरेका वा बीमा, मौद्रिक, बैकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा वाणिज्य कानून विषयमा स्नाकोत्तर उपाधि हासिल गरेको हुनुपर्ने बीमा ऐनमा उल्लेख छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै, बीमा कम्पनीको सञ्चालकको एकाघर परिवारको सदस्य, लेखापरीक्षक, परामर्शदाता तथा बीमकको आधारभूत सेयरधनी वा बीमकसँग वित्तीय स्वार्थ भएको व्यक्ति स्वतन्त्र सञ्चालक हुन पाउने छैन ।  

त्यस्तै, बीमा ऐन, २०७९ को दफा ५७ बमोजिम प्रमुख कार्यकारी अधिकृतको योग्यता बीमा, मौद्रिक, बैकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित, अर्थशास्त्र वा कानून विषयमा कम्तीमा स्नाकोत्तर वा सो सरहको उपाधि हासिल गरेको र व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए ५ वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा कम्तीमा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हासिल गरेको हुनुपर्नेछ ।  

यसका साथै चार्टर्ड एकाउन्टेन्सी गरेका वा बीमा, बैकिङ्ग, वित्तीय, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित, अर्थशास्त्र, इन्जिनियरिङ वा कानून विषयमा कम्तीमा स्नातक वा सो सरहको उपाधि हासिल गरेको र कम्तीमा व्यवस्थापन तहमा बीमा क्षेत्रमा भए कम्तीमा १० वर्ष, बैंक तथा वित्तीय क्षेत्रमा भए १५ वर्ष वा दुवै क्षेत्रमा भए बीमा क्षेत्रमा कम्तीमा १ वर्षको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव हासिल गरेको हुनुपर्ने व्यवस्था छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X