आईतवार, जेष्ठ ३,२०८३ 03:54:23
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 03:54:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वित्तीय विवरण सार्वजनिक गर्न नेपाल रिको आनाकानी, किन मौन छ प्राधिकरण ?

Laxmi Sunrise Bank Limited
वित्तीय विवरण सार्वजनिक गर्न नेपाल रिको आनाकानी, किन मौन छ प्राधिकरण ?
Shivam Cement

काठमाण्डौ । नेपालमा दुई पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी र व्यक्तिगततर्फको हिमालयन रि इन्स्योरेन्स ।

पछिल्लो समय धितोपत्र दोस्रो बजारमा यी दुई कम्पनीको निकै चर्चा छ । कतिपयले त दुई कम्पनीलाई तुलना गरेर लगानी समेत गर्ने गरेका छन् । व्यवसायको आधारमा दुई कम्पनी नै आक्रामक देखिएका छन् । पछिल्लो केही समययता प्राइभेटतर्फको हिमालयन रि इन्स्योरेन्सले विजनेश र लगानीको आधारमा नेपाल रि लाई पछाडी पारेको छ ।  

नेपाल रि इन्स्योरेन्सले समयमै त्रैमासिक वित्तीय विवरण प्रकाशित समेत गर्न सकिरहेको छैन । यता हिमालयन रि ले भने समयमा नै त्रैमासिक रिर्पोट प्रकाशित गरिरहेको छ । सरकारी कम्पनीको वित्तीय विवरण समयमा प्रकाशित हुन नसक्दा कम्पनीको वित्तीय सुशासन माथि नै प्रश्न उठेको छ ।  

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिक रिर्पोट, चालु आवको पहिलो र दोस्रो त्रैमासिक गरी कुल तीनवटा वित्तीय विवरण प्रकाशित गर्न बाँकी नै छ । चालु आवको दोस्रो त्रैमाससम्म पनि कम्पनीले गत आवकै अन्तिम रिर्पोट सार्वजनिक गर्न नसक्नु कम्पनीको सुशासनमाथि विशेषगरी लगानीकर्ताहरुले प्रश्न उठाइरहेका छन् ।

बीमा ऐन, २०७९ को दफा ८४ बमोजिम बीमा कम्पनीले आफ्नो आय–व्यय हिसाब, खुद सम्पत्ति र त्यसमा भएको परिवर्तन, बीमा, पुनर्बीमा, दाबी, लगानी सहितको त्रैमासिक वित्तीय विवरण प्रत्येक त्रैमासिक अवधि समाप्त भएको तीस दिनभित्र प्राधिकरणमा पेश गर्नुपर्ने व्यवस्था छ ।  

साथै, बीमा कम्पनीले आफ्नो वित्तीय अवस्था तथा जोखिम स्थितिको सम्बन्धमा प्रत्येक तीन महिनामा विवरण सार्वजनिक गर्नुपर्नेछ ।  

Bizshala
New Office
CG Motors

साथै, दफा ८४ को उपदफा २ बमोजिम बीमा कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वासलात र नाफा नोक्सानको विवरण तयार गरी अर्को आर्थिक वर्षको ६ महिनाभित्र तोकिएको ढाँचामा प्राधिकरणमा पेश गर्नुपर्नेछ ।  

ऐनबमोजिम बीमा कम्पनीले वित्तीय विवरण समयमै तयार पारेर प्राधिकरणबाट स्वीकृत गराई प्रकाशित गर्नुपर्ने व्यवस्था छ । तर नेपाल रि इन्स्योरेन्सले हालसम्म गत आवकै वित्तीय विवरण प्राधिकरणमा पेश गर्न सकेको छैन ।  

यस विषयमा प्राधिकरणले आन्तरिक रुपमा नेपाल रि इन्स्योरेन्ससँग कुरा गरिसकेको प्राधिकरणका उपनिर्देशक विरोध भट्टले बताए । ‘हामीले नेपाल रि इन्स्योरेन्ससँग आन्तरिक कुरा गरिसकेका छौं, यस विषयमा प्राधिकरणले सो कम्पनीलाई के कारणले विवरण प्रकाशित गर्न ढिला भएको हो भनि पत्र पठाएर स्पष्टिकरण सोध्ने तयारी समेत गरेको छ’ उनले भने, ‘आन्तरिक रुपमा कम्पनीले हिसाब किताब मिलान गर्न ढिलाई भएको बताएपनि औपचारिक रुपमा पत्रमार्फत कम्पनीले कारण खुलाई जवाफ दिनुपर्नेछ ।’

जीवन बीमा र निर्जीवन बीमा कम्पनीको तुलनामा पुनर्बीमा कम्पनीको लेखापरीक्षणको कार्य ढिलाई हुने र वित्तीय विवरण तयार पार्न समेत ढिला हुने भट्टले बताए । ‘पुनर्बीमा कम्पनीहरुको वित्तीय विवरण तयार पार्न केही हदसम्म ढिलाई त हुन्छ, तर नेपाल रि ले हालसम्म तीनवटा त्रैमासिक वित्तीय विवरण प्रकाशित गर्न नसक्नु कम्पनीको ढिलाईपन नै हो’ उनले भने, ‘बीमा ऐनबमोजिम आव सकिएको ६ महिनाभित्र प्रत्येक आवको लेखापरीक्षण भएको विवरण तयार गरीसक्नुपर्ने व्यवस्था छ तर नेपाल रि इन्स्योरेन्सले गत आवकै वित्तीय विवरण अझै तयार गर्न सकेको छैन ।’

Garima Development Bank
Shivam Cement
IME remit

प्राधिकरणले अब केही दिनमै नेपाल रि इन्स्योरेन्सलाई पत्र पठाएर स्पष्टिकरण सोध्ने र कम्पनीले चित्त बुझ्दो कारण खुलाएर जवाफ दिन नसके बीमा ऐनबमोजिम कारबाही गर्ने भट्टले बताए ।  

यता नेपाल प्ुनर्बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रवक्ता दामोदर भण्डारीले भने बीमा कम्पनीहरुबाट हिसाब किताब ढिला आउँदा कम्पनीको वित्तीय विवरण तयार गर्न ढिलाई भएको बताए ।  

‘पुनर्बीमा कम्पनीको लेखापरीक्षणको कार्य गर्न झन्झटिलो छ, जीवन र निर्जीवनतर्फको व्यवसायको सटिक रिर्पोट आएपछि मात्रै पुनर्बीमा कम्पनीको रिर्पोट तयार हुन्छ’ उनले भने, ‘जीवनबीमातर्फको हिसाब किताब मिलानमा केही समस्या र ढिला भएका कारण नेपाल रि को वित्तीय विवरण अड्किएको हो, तर अब छिट्टै सकाएर पेश गर्ने तयारीमा छौं ।’

नेपाल पुनर्बीमा कम्पनीले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण तयार गरी फागुन महिनाभित्रै सार्वजनिक गरिसक्ने भण्डारीले बताए । ‘गत आवको विवरण लगभग सकिने तयारीमा छ, सम्भवतः यो महिनाभित्रै गत आवको विवरण प्राधिकरणबाट स्वीकृत गराई प्रकाशित गर्नेछौं’ उनले भने, ‘गत आवको वित्तीय विवरण स्वीकृतपश्चात् क्रमशः चालु आवको पहिलो र दोस्रो त्रैमासिक वित्तीय विवरण तयार गर्ने काम सुरु हुन्छ ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.