नेपाल रि इन्स्योरेन्सको हकप्रद फण्डा : प्राधिकरण पुग्यो प्रस्ताव, सेयरमूल्यमा चलखेलको सम्भावना !
काठमाण्डौ । सेयरबजारमा पछिल्लो समय नेपाल रि इन्स्योरेन्स चर्चामा छ । विशेषतः कम्पनीको शतप्रतिशत हकप्रदको विषयले अहिले दोस्रो बजारमा यो कम्पनीको उच्च कारोबार समेत हुँदै आइरहेको छ । कम्पनीले केही समयअघि पूँजी वृद्धि गर्नका लागि शतप्रतिशत हकप्रद निष्कासन गर्ने निर्णयसहितको सूचना जारी गरेको थियो । सो पश्चात् दोस्रो बजारमा यो कम्पनीको निकै चर्चा चुलिन थालेको हो ।...