आईतवार, जेष्ठ ३,२०८३ 05:07:39
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 05:07:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सेयरबजारका दुई चर्चित पुनर्बीमा कम्पनी, आधारभूत पक्षमा कुन कति बलियो ?

Laxmi Sunrise Bank Limited
सेयरबजारका दुई चर्चित पुनर्बीमा कम्पनी, आधारभूत पक्षमा कुन कति बलियो ?
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा दुई पुर्बीमा कम्पनीको निकै चर्चा छ । बजारमा नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सको हकप्रद आउने विषयले लगानीकर्ताहरु यी दुई कम्पनीको सेयरमा निकै आकर्षित देखिएका छन् ।  

हकप्रदकै फण्डाले दोस्रो बजारमा यी दुई पुनर्बीमा कम्पनीको सेयर सर्वाधिक कारोबार समेत हुँदै आइरहेको छ । अहिले लगानीकर्ताहरुबीच यी दुई रि इन्स्योरेन्सको सेयरको चर्चा चलिरहँदा केही सेयर खेलाडीहरुले भने त्यसकै मौका छोपेर सेयर चलखेल समेत गरिरहेका छन् ।

Bizshala
New Office
CG Motors

धितोपत्र बजार पूँजीकरणमा समेत अब्बल यी दुई पुनर्बीमा कम्पनीलाई लगानीकर्ताहरुले अहिले ‘हट केक’को संज्ञा दिइरहेका छन् । तर चर्चाकै आधारमा लगानी गरिहाल्दा डुब्ने सम्भावना बढी रहन्छ ।  

हुन त केही लगानीकर्ताहरुले यी दुई कम्पनी फन्डामेन्टल रुपमा समेत बलियो भएको बताइरहेका छन् । आधारभुत पक्षबाट बलियो भएकाले दीर्घकालिन लगानीका लागि यी दुई कम्पनी उपयुक्त सक्ने केही लगानीकर्ताहरुले अनुमान लगाइरहेका छन् ।  

बजारमा केही लगानीकर्ताहरु भने दुई पुनर्बीमा कम्पनीमध्ये कुन चाहिँ धेरै बलियो भनेर आफ्नै हिसाबले तुलना समेत गरिरहेका छन् । दुई कम्पनी नै एउटै सेक्टरको भएकाले यी दुई कम्पनीको व्यवसायको अवस्था र आर्जित मुनाफाको अवस्था लगभग एउटै देखिन्छ । तरपनि नेपाल पुनर्बीमा कम्पपनी अगाडी नै सञ्चालनमा आएकाले व्यवसाय र कोषहरुको आधारमा हिमाालयन रि भन्दा केही बलियो देखिएको छ ।  

यी दुई कम्पनीमध्ये जुनकुनैमा लगानी गर्नुअघि लगानीकर्ताले कम्पनीको आधारभूत पक्षहरुको बारेमा अध्ययन गर्नुपर्ने हुन्छ । हचुवाको भरमा अर्थात् बजारमा चर्चा चलकै आधारमा लगानी गर्दा फसिने वा लगानी डुब्ने सम्भावना उच्च रहन्छ ।  

नेपाल रि इन्स्योरेन्सले गत आवको तेस्रो त्रैमासिक वित्तीय रिर्पोट बल्ल सार्वजनिक गरेको छ भने हिमालयन रि इन्स्योरेन्सले गत आवको अन्तिमसम्मको वित्तीय विवरण प्रकाशित गरिसकेको छ । यसआधारमा पनि नेपाल रि भन्दा हिमालयन रि इन्स्योरेन्स वित्तीय सुशासनमा राम्रो मान्न सकिन्छ ।  

गत आवको तेस्रो त्रैमासिक वित्तीय विवरणको आधारमा यी दुई पुनर्बीमा कम्पनीलाई विभिन्न सूचकमा तुलनामा गरिएको छ । जसमा अधिकांश सूचकमा नेपाल रि राम्रो देखिएको छ भने आधारभुत पक्षमा चाहिने सूचकहरु, इपीएस, नेटवर्थ, पीई रेसियो र आरओईमा भने हिमालयन रि राम्रो देखिएको छ, जुन सेयर लगानीकर्ताहरुका लागि बढी महत्वपूर्ण सूचकहरु मानिन्छ ।  

तर दीर्घकालिन लगानीका लागि हेर्ने हो भने यी दुबै कम्पनी नै राम्रो मान्न सकिन्छ । अझ तुलनात्मक रुपमा नै हेर्ने हो भने नेपाल रि उत्कृष्ट मान्न सकिन्छ । कम्पनीको व्यवसाय र कोषहरुमा संकलित रकमको आधारमा नेपाल रिको लगानी कम जोखिम मान्न सकिन्छ ।  

नोटः गत आवको तेस्रो त्रैमासिक रिर्पोटको आधारमा दुई पुनर्बीमा कम्पनीलाई तुलना गरिएको मात्र हो । दुईमध्ये कुनैपनि कम्पनीको धितोपत्र खरिदका लागि सिफारिस गरिएको भने होइन । लगानीकर्ताहरु आफैंले विश्लेषण गरी सेयर खरिद गनुपर्नेछ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.